7 years ago
March 26, 2019
एजेन्सी – विश्व विजेता फ्रान्सले युरो छनोटमा प्रभावशाली जित हात पारेको छ । युरो छनोट अन्तर्गत समुह ‘एच’ को दोस्रो खेलमा फ्रान्सले सनसनीपुर्ण प्रदर्शन गर्ने आइसल्यान्डमाथि ४–० को प्रभावशाली जित निकालेको हो ।

घरेलु मैदानमा फ्रान्सलाई जिताउन सामुएल उम्टिटी, ओलिभर जिरुउड, केलियन एमबाप्पे र एन्टोइन ग्रिजमनले गोल गरे । एकपक्षीय बनेको खेलको १२औं मिनेटमा एमबाप्पेको पासमा उम्टिटीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको घरेलु टोलीले दोस्रो हाफमा थप आक्रमक खेल्दै ३ गोल गर्न सफल भएको थियो ।
६८औं मिनेटमा ओलिभर जिरुडले बेन्जामिन पाभार्डको पासमा गोल गरेपछि फ्रान्सले २–० को अग्रता बनायो । ७८औं मिनेटमा युवा स्टार फरवार्ड केलियन एमबाप्पेले गोल गरेपछि फ्रान्स फराकिलो जिततर्फ अग्रसर बनेको थियो । एमबाप्पेले ग्रिजमनको पासलाई गोलमा परिणत गरेका थिए ।

८४औं मिनेटमा एमबाप्पेको पासमा एन्टोइन ग्रिजमनले गोल गरेपछि फ्रान्सले ४–० को फराकिलो जित निकाल्यो । आइसल्यान्डले भने कुनै पनि समय फ्रान्सको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन । जितसँगै फ्रान्स समूह ‘एच’ मा अपराजित रहँदै दुई खेलबाट ६ अंक जोडेर तालिकाको शीर्षस्थानमा रहेको छ । पराजित आइसल्यान्ड ३ अंकसहित चौथो स्थानमा छ ।
यही समूहको अर्काे खेलमा अल्वानियाले एन्डोरालाई ३–० ले पराजित गरेको छ । अल्वानियाको जितमा अर्मान्डो साडिकु, बेकिम बालाज र अमिर अब्रासीले गोल गरे ।
जितसँगै अल्वानिया ३ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित एन्डोरा अंकविहीन हुदै पाँचौ स्थानमा रहेको छ । दुवै खेलमा जित हात पारेको टर्की ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]