7 years ago
March 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-२३ राष्ट्रिय पुरुष फुटबल टोलीले एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा मंगलबार अफगानिस्तानको सामना गर्दैछ । खेल नेपाली समयानुसार रातको ९:४५ बजे सुरु हुनेछ ।

सुरुवाती दुई खेलमा पराजित भएको नेपाली टोलीले अफगानिस्तानविरुद्ध खेलका लागि टोलीमा एक परिवर्तन गरेको छ । रक्षात्मक मिडफिल्डर गौरव बुढाथोकीको स्थानमा विंगर विश्वास श्रेष्ठले टोलीमा अवसर पाएका छन् । पहिलो खेलमा नेपाल ओमानसँग १-० ले पराजित भएको थियो । दोस्रो खेलमा आयोजक कतारसँग ५-० ले हारेपछि नेपालको अन्तिम चरण पुग्ने सम्भावना सकिएको थियो ।
अफगानिस्तान पनि प्रतियोगिताको सुरुवाती दुई खेलमा पराजित हुँदै समूह चरणबाट बाहिरिसकेको छ । अफगानिस्तान पहिलो खेलमा कतारसँग २-० र ओमानसँग २-१ ले पराजित भएको थियो । नेपालले सुरुवाती दुई खेलमा रक्षात्मक रणनीति अपनाएपनि यस खेलमा भने आक्रामक खेल प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
अफगानिस्तानविरुद्ध टोली :
गोलरक्षक : अर्पण कार्की
डिफेन्डर : अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजवंशी, कमल श्रेष्ठ
मिडफिल्डर : तेज तामाङ, नितिन थापा, सुनील बल, विश्वास श्रेष्ठ
फरवार्ड : विमल घर्तीमगर र अन्जन विष्ट
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]