एजेन्सी – इंग्ल्यान्ड तथा चेल्सीका युवा विङ्गर कलुम हड्सन ओडोईलाई युरोपका शीर्ष क्लबहरुले समर सिजनमा आफ्नो क्लबमा अनुबन्ध गर्ने प्रयास गर्ने भएका छन् ।

सिजनको अन्त्यसँगै चेल्सी छाड्ने मनासय बनाएका ओडोइलाई जर्मन क्लब बायर्न म्युनिख, क्याटलान क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले आफ्नो क्लबमा अनुबन्ध गर्ने प्रयास थालेको हो । ओडोईलाई अनुबन्ध गर्ने दौडमा सबैभन्दा अघि बायर्न रहेको छ । चेल्सीमा कमै मौका पाएपछि १८ वर्षीय युवा खेलाडी कलुमले यो समरमा क्लब छाड्ने मनासाय बनाएका हुन् ।
जारि सिजन उनले प्रिमियर लिगमा मात्रै ५० मिनेट खेल्न पाएका छन् । इंग्ल्यान्डको सिनियर टोलीबाट डेब्यु गर्दै पहिलो रोजाइमा परेका ओडोइलाई इंग्ल्यान्डको भविष्यको रुपमा हेरिएको छ । बायर्नले उनको लागि ३५ मिलियन पाउन्डको प्रस्ताव अघि सारेको छ । इंग्ल्यान्डको सिनियर टोलीका यसैसाता डेब्यु गरेका ओडोईले उच्च प्रदर्शन गरेका थिए ।