default_image

5 years ago

March 31, 2019

म्यानचेस्टर सिटी शीर्षस्थानमा फर्कियो

एजेन्सी – फूल्ह्यामको घरेलु मैदान क्रेभन कटेजमा २-० को जित निकाल्दै म्यानचेस्टर सिटी पुनः इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा फर्किएको छ । सिटीको जितमा बर्नाडो सिल्भा र सर्जियो अगुएरोले गोल गरे। पहिलो हाफमा पाँचौ मिनेटमै सिल्भाले अगुएरोको पासलाई सदुपयोग गर्दै गोल गरेर अग्रता दिलाए । उनको अग्रतालाई दोब्बर गर्न अगुएरोले २७ औं मिनेटमा गोल गरे । […]

21 views

0 Bookmark

एजेन्सी – फूल्ह्यामको घरेलु मैदान क्रेभन कटेजमा २-० को जित निकाल्दै म्यानचेस्टर सिटी पुनः इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा फर्किएको छ । सिटीको जितमा बर्नाडो सिल्भा र सर्जियो अगुएरोले गोल गरे।

पहिलो हाफमा पाँचौ मिनेटमै सिल्भाले अगुएरोको पासलाई सदुपयोग गर्दै गोल गरेर अग्रता दिलाए । उनको अग्रतालाई दोब्बर गर्न अगुएरोले २७ औं मिनेटमा गोल गरे । अगुएरोको गोलमा सिल्भाकै असिस्ट रह्यो ।

दोस्रो हाफमा पनि बलियो पकड जमाएको सिटीले गोल गर्न भने सकेन । खेलमा सिटीले ८१ प्रतिशत पोसेसन राखेको थियो । जितसंगै सिटी ७७ अंकसहित लिगको शीर्षस्थानमा फर्किएको हो । दोस्रो स्थानमा रहेको लिभरपुलको ७६ अंक छ ।

पराजित फुल्ह्याम भने अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । १७ अंक मात्र रहेको फुल्ह्यामको रेलिगासन हुने लगभग पक्का छ । लिगकै अर्को खेलमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएपछि हडर्सफिल्डको रेलिगेसन पक्का भएको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.