default_image

5 years ago

March 31, 2019

जितसंगै युनाइटेड शीर्ष चारमा प्रवेश

एजेन्सी – इङ्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा वाटफर्डलाई २-१ ले पराजित गर्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। युनाइटेडमा स्थायी नियुक्ती पछिको पहिलो खेलमै प्रशिक्षका ओले गुनार सोल्क्सजारले जित दर्ता गर्न सफल भए । युनाइटेडबाट जोसे मोउरिन्हो बर्खास्त भएयता अन्तरिम प्रशिक्षकको भूमिका निर्वाह गरेका ओलेले यसअघि १९ खेलमा १४ जित दर्ता गर्न […]

26 views

0 Bookmark

एजेन्सी – इङ्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा वाटफर्डलाई २-१ ले पराजित गर्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।

युनाइटेडमा स्थायी नियुक्ती पछिको पहिलो खेलमै प्रशिक्षका ओले गुनार सोल्क्सजारले जित दर्ता गर्न सफल भए । युनाइटेडबाट जोसे मोउरिन्हो बर्खास्त भएयता अन्तरिम प्रशिक्षकको भूमिका निर्वाह गरेका ओलेले यसअघि १९ खेलमा १४ जित दर्ता गर्न सफल भएका थिए ।

युनाईटेडलाई मार्कस रास्फर्डले सुरुआती अग्रता दिलाए। सुरुआत घरेलु टोलीलाई दवाबमा राख्न वाटफर्ड सफल भएपनि २८ औं मिनेटमा काउण्टर एट्याकमार्फत उनले अग्राता दिलाए।

त्यस्तै दोस्रो हाफको ७२ औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाईटेडको अग्रता दोब्बर गरे । भ्रमणकारी टोलीका लागि डोकोउरेले ९० औं मिनेटमा गोल गरेपनि पर्याप्त रहेन । खेलमा वाटफर्डले २० प्रहार गर्दा युनाईटेडले ८ प्रहार गर्यो ।

३१ खेलमा ६१ अंक बनाएको युनाईटेड चौथो स्थानमा उक्लिएको छ । पाँचौ स्थानमा ३० खेल खेलेको आर्सनलको ६० अंक छ ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.