एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार एस्प्यानोलविरुद्ध दुई गोल गर्दै बार्सिलोनाको जितमा नायक बनेका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले बार्सिलोनाबाट अर्को किर्तिमान बनाएका छन्।

स्पेनिस लिग ला लिगामा सर्वाधिक जित दर्ता गर्ने खेलाडीको रुपमा उनले रियलका पूर्व गोलकिपर इकार क्यासिलासको किर्तिमान बराबर गरेका हुन् । एस्प्यानोलविरुद्ध दोस्रो हाफमा दुई गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका मेस्सीका लागि यो ३ सय ३४ औं जित थियो, जुन क्यासिलाससँग बराबरी हो ।
त्यस्तै मेस्सी बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने सूचीको दोस्रो स्थानमा उक्लिएका छन् । ६ सय ७५ खेल खेलेका उनले आन्द्रे इनियेस्टालाई उछिनेका हुन् । बार्सिलोनाका लागि जाभीले सर्वाधिक ७ सय ६७ पटक खेलेका छन् ।