7 years ago
April 1, 2019
एजेन्सी – घरेलु मैदानमा भएको खेलमा लिभरपुलले टोटेनह्यामलाई २-१ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगको शिर्षस्थानमा उक्लिएको छ । अन्तिम समयको गोलसँगै उपाधी दौड थप रोमाञ्चक भएको हो ।

सुरुआतबाट राम्रो लयमा देखिएको लिभरपुलले १६ औं मिनेटमा रोबर्टो फर्मिनोको हेडर गोलमा अग्रता लियो । एन्डी रोबर्टसनको क्रसलाई सदुपयोग गर्दै फर्मिनोले घरेलु दर्शकसामु लिभरपुललाई अग्रता दिलाए ।
पहिलो हाफमा लिभरपुलले राम्रो पकड राखेपनि दोस्रो हाफमा भने स्पर्सले सुधारिएको प्रदर्शन गर्यो । ७० औं मिनेटमा लुकास मौराले भ्रमणकारी टोलीलाई बराबरी गोल दिलाए । ह्यारी केनले फ्रि किक मार्फत सुरुआत गरेको मुभमा क्रिस्टियन एरिक्ससनको असिस्टमा मौराले बरबारी गोल गरे ।
म्यानचेस्टर सिटीसँग उपाधी दौडमा रहन जित्न पर्ने दबाबमा रहेको लिभरपुलले गोल गर्ने प्रयासहरु गरेपनि सफल हुन सकेन । तर ९० औं मिनेटको कर्नर लिभरपुलका लागि भाग्यशाली सावित भयो । आर्नोल्डको क्रसमा सलाहको हेडरलाई स्पर्सको गोलरक्षक ह्युगो लोरिसले बचाउँदा डिफेन्डर टोबी एल्डरवेयरको खुट्टामा लाग्दै आत्मघाती गोल भएपछि लिभरपुलले जित हासिल गर्यो।
जितसँगै ३२ खेलमा ७९ अंक रहेको लिभरपुल शिर्षस्थानमा उक्लिएको हो । सिटीको भने ३१ खेलमा ७७ अंक छ । त्यस्तै यसअघि आजकै खेलमा कार्डिफ सिटीको घरेलु मैदानमा चेल्सी १-० बाट फर्किदै २-१ को जित हासिल गर्यो । चेल्सीको जितमा एचपेलिक्वेटा र लफ्टक चीकले समान १ गोल गरे ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]