7 years ago
April 1, 2019
एजेन्सी – एक गोलले पछाडी परेको स्थितिलाई उल्टाउँदै स्पेनिस ला लिगा अन्तर्गत आइतबार रियल म्याड्रिडले हुएस्कालाई ३-२ ले पराजित गरेको छ ।

खेलको तेस्रो मिनेटमा नै रियल खेलमा पछाडी परेको थियो । जुआन कामिलो हर्नान्डेजले उत्कृष्ट गोल गर्दै हुएस्कालाई अग्रता दिलाएका थिए । इस्कोले २५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । इस्कोलाई रियलबाट डेब्यु गरिरहेका ब्राहिम डियाजले असिस्ट दिएका थिए ।
दोस्रो हाफमा ड्यानी सेबालोसको ६२ औं मिनेटको गोलमा रियलले अग्रता लियो । तर जाबिएर एत्जेताले खेललाई ७२ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याए । बराबरीतर्फ उन्मुख देखिएको खेलमा रियलका फरवार्ड करीम बेन्जेमा नायक बने । उनले ८९ औं मिनेटमा उत्कृष्ट फिनिस गर्दै रियललाई जित दिलाए ।
जिदानलाई प्रशिक्षकका रुपमा नियुक्त गरेयता रियलले दुवै खेलमा जित हासिल गरेको छ । लिगको ९ खेल बाँकी रहँदा रियल शीर्षस्थानको बार्सिलोनाभन्दा १२ अंकले पछाडी छ । रियलको २९ खेलमा ५७ अंक छ भने समान खेलमा एटलेटिको ५९ र बार्सिलोना ६९ अंकसहित शीर्ष दुई स्थानमा छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]