7 years ago
April 2, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार आर्सनलले घरेलु मैदान इमिरेट्समा न्युकसल युनाइटेडलाई २-० ले पराजित गरेको छ । यस जितसंग आर्सनल लिगको तेस्रो स्थानमा उक्लन सफल भयो ।

आर्सनलले खेलको ३० औं मिनेटमा आरोन राम्जीको गोलमा अग्रता लिएको थियो । राम्जीले त्यसअघि नै गोल गरेपनि रेफ्रीले फल लिँदै गोललाई मान्यता दिएका थिएनन् । फरवार्ड एलेक्जेन्डर लाकाजेटले ८३ औं मिनेटमा गोल गर्दै आर्सनलको जित पक्का गरे । अर्को सिजन युभेन्ट्स जाने सम्झौता गरिसकेका राम्जीले आर्सनलको जितमा उत्कृष्ट प्रदर्शन गरे ।
फेब्रुअरीमा टोटेनहमभन्दा १० अंकले पछाडी रहेको आर्सनलले पछिल्लो समय उत्कृष्ट नतिजा हात पार्दै आएको छ । सोमबारको जितपछि आर्सनलले टोटेनहमसँग २ अंकको अग्रता बनाएको छ । लिगको ७ खेल बाँकी रहँदा शीर्ष ४ को प्रतिस्पर्धा थप रोमान्चक बनेको छ ।
आर्सनलले ३१ खेलमा ६३ अंक जोड्दा टोटेनहम र म्यानचेस्टर युनाइटेड समान ६१ अंक बोक्दै चौथो र पाँचौ स्थानमा छन् । छैटौं स्थानको चेल्सीले ३१ खेलमा ६० अंक जोडेको छ । शीर्ष स्थानको लिभरपुलको ३२ खेलमा ७९ अंक छ भने म्यानचेस्टर सिटीले १ खेल कम खेल्दै ७७ अंक जोडेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]