7 years ago
April 2, 2019
एजेन्सी – विश्व फुटबलमा स्टार खेलाडीहरुको तलब बढ्ने क्रम पछिल्लो समय झन् बढेको छ । क्लबहरुले प्रायोजकबाट पाउने रकम बढेसँगै राम्रो खेलाडी अनुबन्धन गर्न क्लबहरुले पनि खुलेर खर्च गर्न थालेका छन् ।

नयाँ खेलाडीलाई क्लबमा ल्याउन मात्र हैन, टोलीमा रहेका खेलाडीलाई नै नयाँ सम्झौता गर्दै तलब बढाएर क्लबमा राख्ने कार्य बढ्दो छ । यसक्रममा विश्व फुटबलमा सर्वाधिक तलब पाउने शीर्ष पाँच खेलाडी यसप्रकार छन् :
५. ग्यारेथ बेल
क्लब : रियल म्याड्रिड
वार्षिक तलब : ४०.२ मिलियन युरो
नेपाली पैसामा ५ अरब रुपैयाँ
४. एन्टोइन ग्रिज्मन
क्लब : एटलेटिको म्याड्रिड
वार्षिक तलब : ४४.५ मिलियन युरो
नेपाली पैसामा साढें ५ अरब रुपैयाँ
३. नेयमार
क्लब : पेरिस सेन्ट जर्मेन
वार्षिक तलब : ९१.५ मिलियन युरो
नेपाली पैसामा ११ अरब रुपैयाँ
२. क्रिस्टियानो रोनाल्डो
क्लब : युभेन्ट्स
वार्षिक तलब : १ सय १३ मिलियन युरो
नेपाली पैसामा १४ अरब रुपैयाँ
१. लिओनेल मेसी
क्लब : बार्सिलोना
वार्षिक तलब : १ सय ३० मिलियन युरो
नेपाली पैसामा वार्षिक १६ अरब रुपैयाँ
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]