default_image

7 years ago

April 2, 2019

बार्सिलोनाको नजरमा रियल म्याड्रिडका पूर्वखेलाडी

107 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाले अग्रपंक्ति सुधार्ने लक्ष्यसहित आउने ट्रान्सफर विन्डोमा एक फरवार्डलाई क्लबमा भित्र्याउने प्रयास थालेको छ । हाल स्पेनिस राष्ट्रिय टोलीमा समेत रहेका फरवार्ड रोड्रीगो मोरेनोलाई क्लबको नजरमा परेका छन् ।

मोरेनो हाल भ्यालेन्सियाबाट खेलिरहेका छन् । सन् २००९ मा सेल्टा भिगोबाट उनी रियल म्याड्रिड आएका थिए । तर रियलमा राम्रो प्रदर्शन गर्न नसकेपछि उनलाई क्लबले पोर्चुगलको बेन्फिकामा पठाएको थियो । बेन्फिकामा रहेर मोरेनोले निकै राम्रो प्रदर्शन गर्दै आफ्नो करिअर अगाडी बढाएका थिए ।

मोरेनोले बेन्फिकाबाट रहँदा बोल्टोन र भ्यालेन्सियामा लोनमा रहेर खेले । सन् २०१५ मा भ्यालेन्सियाले उनलाई ३० मिलियन युरोमा खरिद गरेको थियो । उनले त्यसयता भ्यालेन्सियाको लागि लगातार राम्रो प्रदर्शन गरिरहेका छन् । क्लबका लागि १ सय ७५ खेल खेल्दै मोरेनोले ४८ गोल र २७ असिस्ट दिएका छन् । जारि सिजन उनले ४० खेलमा १८ गोल गरेका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.