default_image

7 years ago

April 2, 2019

मनाङले लगाउने केल्मीको जर्सी सार्वजनिक

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले बुधबार एएफसी कप अन्तर्गत समूह चरणको खेलमा अबाहानी ढाकाको सामना गर्दैछ । यसै खेलदेखि मनाङले केल्मीको जर्सी पनि प्रयोग गर्ने भएको छ ।

खेलको पूर्वसन्ध्यामा केल्मीको नयाँ जर्सी सार्वजनिक गरिएको छ । समर्थकहरुका लागि भने यो जर्सी केहि सातापछि मात्र उपलब्ध हुनेछ । मनाङ र केल्मीबिच एक महिनाअघि खेल सामाग्री प्रयोगबारे सम्झौता भएको थियो । सम्झौताअनुसार मनाङले तीन वर्ष अवधिसम्म केल्मीको खेल सामग्री प्रयोग गर्नेछ ।

केल्मीले वार्षिक रुपमा २-२ सेट होम र अवे जर्सी, प्रशिक्षण जर्सी, पोलो टि-सर्ट, मोजा लगायत अफिसियलहरुका लागि आवश्यक टि-सर्ट उपलब्ध गराउनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीले पनि केल्मीकै खेल सामाग्री प्रयोग गर्दै आएको छ ।

लिग विजेताको हैसियतले मनाङले एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्दैछ । मनाङ रहेको समूहमा बंगलादेशको अबहानी लिमिटेड, भारतको मिनेर्भा पन्जाब र चेन्नईयन एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

एएफसी कप समूह चरण खेल तालिका :
३ अप्रिल – विरुद्ध अबहानी लिमिटेड – एन्फा कम्प्लेक्स
१७ अप्रिल – विरुद्ध चेन्नईयन – तय हुन बाँकी
१ मे – विरुद्ध मिनेर्भा पन्जाब – कालिंगा रंगशाला
१५ मे – विरुद्ध मिनेर्भा पन्जाब – एन्फा कम्प्लेक्स
१९ जुन – विरुद्ध अबहानी लिमिटेड – बंगबन्धु रंगशाला
२६ जुन – विरुद्ध चेेन्नईयन – एन्फा कम्प्लेक्स

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.