7 years ago
April 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लबले एएफसी कप अन्तर्गत समूह चरणको खेलमा बुधबार अबाहानी ढाकाको सामना गर्दैछ । लिग च्याम्पियनको हैसियतले एएफसी कप खेल्न लागेको टोलीमा मनाङले अभिषेक रिजाल र देवेन्द्र तामाङलाई टोलीमा समेटेको छ ।

राष्ट्रिय टोलीका सदस्य देवेन्द्रले ए डिभिजन लिगमा च्यासलको कप्तानी गरेका थिए । त्यसपछि मोफसल फुटबलमा भने देवेन्द्र झापा-११ फुटबल क्लबको जर्सीमा देखिए । राष्ट्रिय टोलीका लागि कुवेतविरुद्ध मैत्रीपूर्ण खेलमा सेन्टर डिफेन्सको भूमिका निर्वाह गरेका देवेन्द्रको आगमनले मनाङको डिफेन्स बलियो हुनेछ । उनले सुरुवाती रोजाईमा नै खेल्ने सम्भावना रहेको छ ।
यता नेपाल पुलिस क्लबका विंगर अभिषेक रिजाल पनि मनाङ आएका छन् । यू-१९ राष्ट्रिय टोलीका सदस्य रहेका अभिषेकले पछिल्लो समय पुलिस छाडेर संकटाबाट पनि खेलेका थिए । एएफसी कपको लागि भने उनले मनाङको ज्रसी पहिरिने भएका छन् । उनीसँगै यू-१९ टोलीका गोलरक्षक दिप कार्की पनि मनाङ आएका छन् । अभिषेक र दिप भने पहिलो रोजाइमा पर्ने सम्भावना निकै कम छ । मिडफिल्डर शिव श्रेष्ठले पनि मनाङमा पुनरागमन गरेका छन् ।
मनाङको पूर्ण टोली :
गोलरक्षक : विशाल श्रेष्ठ, दिप कार्की, अशोक बराल
डिफेन्डर : विराज महर्जन (कप्तान), कमल श्रेष्ठ, सुरज विक, देवेन्द्र तामाङ, प्रवेश दनुवार, अजिज शाहिद, मुहमद आसिफ
मिडफिल्डर : अन्जन विष्ट, सुजल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, प्रकाश बुढाथोकी, शिव श्रेष्ठ, अभिषेक रिजाल
फरवार्ड : आफिज ओलावाले ओलाडिपो, आडेलाजा सोमिडे, विमल राना
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]