7 years ago
April 3, 2019
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत मंगलबार अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोना भिल्लारियलसँग अप्रत्याशित हारबाट जोगिएको छ । एक समय दुई गोलको अग्रता लिएको बार्सिलोना खेलदौरान दुई गोलले पछि परेपनि अन्तत: बराबरी गर्न सफल भयो । खेल ४-४ को बराबरीमा सकिएको थियो ।

बार्सिलोनाले पहिलो रोजाइका केही खेलाडीलाई विश्राम दिएपनि उत्कृष्ट सुरुवात पाएको थियो । ब्राजिलियन विंगर माल्कमले पहिलो हाफमा १ गोल र असिस्ट गर्दै बलियो स्थितिमा पुर्याए । १२ औं मिनेटमा फिलिपे कोउटिन्होलाई असिस्ट दिएका माल्कमले १६ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।
तर भिल्लारियलले उत्कृष्ट पुनरागमन गर्दै खेेलमा फर्कन सफल भयो । नियमित डिफेन्डर जेरार्ड पिकेको अनुपस्थितिमा भिल्लारियलका फरवार्ड स्याम चुकेजे र टोको एकाम्बीले प्रभावशाली प्रदर्शन गरे । २३ औं मिनेटमा चुकेजेले गोल गर्दै खेलमा भिल्लारियललाई फर्काउने प्रयास गरे ।
दोस्रो हाफको सुरुवातमै एकाम्बीले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको १२ मिनेटपछि मिडफिल्डर भिसेन्ट इबोर्राले घरेलु टोलीलाई अग्रता दिलाए । कार्लोस बाकाले सान्टि काजोर्लाको पासमा ८० औं मिनेटमा गोल गर्दै भिल्लारियललाई जितको संघारमा पुर्याए । तर खेल सकिन ४ मिनेट बाँकी रहँदा डिफेन्डर गोन्जालेजले रातो कार्ड पाएपछि बार्सिलोनाले खेलमा फर्कने अवसर पायो ।

नियमित समयको अन्तिम मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका लिओनेल मेसीले फ्रिकिकमा गोल गर्दै खेलमा बार्सिलोनाको सम्भावना कायम राखे । त्यसको तीन मिनेटमा लुइस सुआरेजले झन्डै २० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएपछि खेल बराबरीमा पुगेको थियो ।
लिगको अंक तालिकामा बार्सिलोना ३० खेलमा ७० अंकसहित शीर्ष स्थानमा कायम छ । दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडको ३० खेलमा ६२ अंक रहेको छ । तेस्रो स्थानको रियलले २९ खेलमा ५७ अंक जोडेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]