7 years ago
April 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कपको समूह चरणको खेलमा बुधबार मनाङ मर्स्याङदी क्लबले ढाका अबहानीको सामना गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।

लिग च्याम्पियनको हैसियतले एएफसी कप खेल्न लागेको टोलीमा मनाङले अभिषेक रिजाल र देवेन्द्र तामाङलाई टोलीमा समेटेको छ । राष्ट्रिय टोलीका सदस्य देवेन्द्रले ए डिभिजन लिगमा च्यासलको कप्तानी गरेका थिए । त्यसपछि मोफसल फुटबलमा भने देवेन्द्र झापा-११ फुटबल क्लबको जर्सीमा देखिए । राष्ट्रिय टोलीका लागि कुवेतविरुद्ध मैत्रीपूर्ण खेलमा सेन्टर डिफेन्सको भूमिका निर्वाह गरेका देवेन्द्रको आगमनले मनाङको डिफेन्स बलियो हुनेछ । उनले सुरुवाती रोजाईमा नै खेल्ने सम्भावना रहेको छ ।
यता नेपाल पुलिस क्लबका विंगर अभिषेक रिजाल पनि मनाङ आएका छन् । यू-१९ राष्ट्रिय टोलीका सदस्य रहेका अभिषेकले पछिल्लो समय पुलिस छाडेर संकटाबाट पनि खेलेका थिए । एएफसी कपको लागि भने उनले मनाङको ज्रसी पहिरिने भएका छन् । उनीसँगै यू-१९ टोलीका गोलरक्षक दिप कार्की पनि मनाङ आएका छन् । अभिषेक र दिप भने पहिलो रोजाइमा पर्ने सम्भावना निकै कम छ । मिडफिल्डर शिव श्रेष्ठले पनि मनाङमा पुनरागमन गरेका छन् ।

खेलको पूर्वसन्ध्यामा बोल्दै मनाङका कप्तान विराज महर्जनले दुवै टोली एकै स्तरको रहेको बताएका छन् । ‘हामीले यसअघि पनि अबाहानीसँग खेलेका छौं । हामीले राम्रो प्रदर्शन गर्दै आएका छौं । राष्ट्रिय टोलीमा पनि अबाहानीका केहि खेलाडी रहेका थिए । दुवै टोली उस्तै स्तरको रहेको मेरो बुझाइ छ,’ उनले भने ।
लिग च्याम्पियन मनाङको तयारी पनि राम्रो रहेको कप्तान महर्जनले बताए । ‘हामीले छोटो समयमा भएपनि राम्रो तयारी गरेका छौं । राष्ट्रिय टोलीको ड्युटीपछि हामीले सँगै रहेर प्रशिक्षण गरेका छौं । लिगको टोलीमा केहि खेलाडी थपिएका छन् । अझै राम्रो प्रदर्शन हुने अपेक्षा छ,’ उनले भने ।

मनाङको समुहमा ढाकासँगै भारतको मिनेर्भा पन्जाब र चेन्नईयन फुटबल क्लब रहेका छन् । मनाङले पहिलो खेल ढाकासँग खेलेपछि भारतको दुई टोलीसँग उनीहरुकै मैदानमा खेल्नेछ ।
मनाङको पूर्ण टोली :
गोलरक्षक : विशाल श्रेष्ठ, दिप कार्की, अशोक बराल
डिफेन्डर : विराज महर्जन (कप्तान), कमल श्रेष्ठ, सुरज विक, देवेन्द्र तामाङ, प्रवेश दनुवार, अजिज शाहिद, मुहमद आसिफ
मिडफिल्डर : अन्जन विष्ट, सुजल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, प्रकाश बुढाथोकी, शिव श्रेष्ठ, अभिषेक रिजाल
फरवार्ड : आफिज ओलावाले ओलाडिपो, आडेलाजा सोमिडे, विमल राना
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]