default_image

7 years ago

April 3, 2019

नेपाल म्यानमारसँग पराजित

123 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली टोकियो ओलम्पिक २०२० को दोस्रो चरणको छनोटअन्तर्गत पहिलो खेलमा म्यानमारसँग ३-१ ले पराजित भएको छ ।

म्यानमारले खेलको २४ औं मिनेटमा यी यी ओको गोलमा अग्रता लिएको थियो । नेपालकी कप्तान निरु थापाले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याइन । म्यानमारले पहिलो हाफमा निकै आक्रमण गरेपनि नेपाली डिफेन्सले त्यसलाई विफल पार्न सफल भएको थियो ।

दोस्रो हाफको सुरुवाती मिनेटमा नै म्यानमारका लागि विन थेंगी तुनले पेनाल्टीमा गोल गर्दै म्यानमार लाई अग्रता दिलाइन् । खेलको अन्तिम मिनेटमा तुनले नै म्यानमारको अग्रता बढाइन् । गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले क्रसमा आएको बल फुस्काएपछि तुनले खाली पोस्टमा गोल गरेकी थिइन् ।

समूहको अर्को खेलमा भारतले इन्डोनेसियालाई २-० ले पराजित गरेको थियो । यससँगै म्यानमार अंक तालिकाको शीर्ष स्थानमा छ भने नेपाल पुछारमा पुगेको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.