10 years ago
May 1, 2016
गत राती भएको ला लिगाको खेलहरुमा स्पेनका तीन ठुला क्लबहरुले जीत आत्मसाथ गरेका छन । बार्सिलोनाले बेटिसलाई ०-२ले, रियल म्याड्रीड्ले सोसिडाडलाई ०-१ र एट्लेटिको म्याड्रीड्ले भालेकानोलाई १-०ले पराजित गरेको थियो ।
जित पश्चात बार्सिलोना पहिलो स्थानमै कायम रहेको छ, एट्लेटिको म्याड्रीड् गोल डिफ्रेन्सको आधारमा मात्र बार्सिलोनाभन्दा पछी रहेको छ भने समान खेल १ अंक कम भएर रियल तेस्रो स्थानमा रहेको छ । बार्सिलोनाको जितमा सुआरेज एक-एक गोल गरेका थिए ।
अर्को खेलमा रियल म्याड्रीड्ले मुस्किलले सोसिडाडसँग ०-१को जित निकाल्न सफल भयो । रियलले गोलको लागि ८० मिनटसम्म कुर्न परेको थियो । बेलले गोल गरेपछी सो गोलनै जितको लागि काफी भएको थियो । । दोस्रो स्थानमा रहेको एट्लेटिकोले पहिलो गोलको लागि ५५ मिनट सम्म कुर्न परेको थियो र उक्त गोलनै तीन पोइन्टको लागि काफी भएको थियो । उक्त गोल ग्रीजमनले गरेका थिए ।
आब स्पेनिश लिगमा २ खेल मात्र बांकी रहेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]