default_image

10 years ago

August 30, 2015

युवा टोलीलाई प्रधानमन्त्री कोइरालाको बधाई

240 views

0 Bookmark

हाम्रो खेलकुद संवाददाता काठमाडौं, भदौ १३

प्रधानमन्त्री सुशील कोइरालाले शनिबार सम्पन्न साफ यु १९ च्याम्पियनसिपको विजेता नेपाली युवा टोलीलाई कप्तान विमल घर्मीमगरमार्फत बधाई दिएका छन् ।

प्रधान मन्त्री सुशिल कोईरालाले भारतमा रहेका बिमल लाई बधाई दिए ।

प्रधान मन्त्री सुशिल कोईरालाले भारतमा रहेका बिमल लाई बधाई दिए ।

भारतविरुद्धको सोमबार हुने मैत्रीपूर्ण खेलमा सहभागी हुन यु १९ का अन्य तीन खेलाडीसँगै आइतबार पुने पुगेका विमललाई साँझ टेलिफोनमार्फत फोनमार्फत सफलताको लागि बधाई दिएका हुन् ।

दुई दशक भन्दा लामो समयपछि नेपाललाई सफलता दिलाएकोमा युवा टोलीलाई प्रधानमन्त्रीले कोइरालाले विमलमार्फत बधाई दिएको उनका प्रेस सल्लाहकार प्रतीक प्रधानले जानकारी दिएको नागरिक न्युजले उल्लेख गरेको छ । सातदोबाटोमा शनिबार भएको फाइनलमा भारतलाई हराउँदै नेपालले उमेर समूहको उपाधि जितेको थियो । निर्धारित समय १–१ को बराबरीपछि टाइब्रेकरमा नेपाल ५–४ ले विजयी भएको थियो । सन् १९९३ मा बंगलादेशमा छैटौं दक्षिण एसियाली खेलकुदमा नेपालको सिनियर टोलीले स्वर्ण पदक जितेयताकै यो ठूलो सफलता हो ।

बधाईका क्रममा भएको प्रधानमन्त्री कोइराला र विमलको वार्ता उद्धत गर्दै प्रेस सल्लाहकार प्रधानले भने,‘नेपालमा फुटबल लोकप्रिय खेल हो । यसको विकासका लागि सरकारले सक्दो सहयोग गर्नेछ । फुटबलको विकासका लागि सरोकारवालासँग छलफल गर्ने र भारतबाट फर्केपछि युवा खेलाडी प्रतिनिधित्व हुने गरि विमलसँग सुझाव लिइनेछ ।’ विमलसँगै यु १९ का अनन्त तामाङ, अन्जन विष्ट र विश्वास श्रेष्ठ पनि पुने पुगेका छन् । तीन दिनअघि काठमाडौं आइपुगेको नेपाली टोलीका नवनियुक्त वेल्जियन प्रशिक्षक प्याट्रिक ओसेम्स पनि उनीहरुसँगै पुने पुगेका छन् । ६ महिनाको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) संघ सम्झौता गरेको ओसेम्सले मैत्रीपूर्ण खेल अवलोकनमात्र गर्नेछन् । नेपाल सोमबारको खेलमा ध्रुब केसीकै नेतृत्वमा उत्रनेछ ।

विमलसँगको कुराकानीका क्रममा प्रधानमन्त्री कोइरालाले सोमबारको खेलका लागि समेत शुभकामना दिएका छन् । डिसेम्बरमा हुने साफ च्याम्पियसिपकै तयारीका सिलसिलामा नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले पछिल्लो पटक ६ महिनाअघि विश्वकप छनोटका दुई खेल खेलेको थियो । गुवाहाटीमा पहिलो लेगमा २–० को नतिजा सुम्पिेको नेपालले घरेलु मैदानमा भएको दोस्रो लेगमा गोलरहित बराबरी खेलेको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.