default_image

5 years ago

April 7, 2019

रोनाल्डोविनै युभेन्टसको पुनरागमन जित

एजेन्सी – सुपरस्टार क्रिस्टियानो रोनाल्डोविनै मैदान उत्रिएको युभेन्टसले इटालियन सिरी ‘ए’ मा एसी मिलानलाई पराजित गरेको छ । युभेन्टसले घरेलु मैदानमा एसी मिलानमाथि २–१ को पूनरागमन जित निकालेको हो । चोटका कारण सुपरस्टार क्रिस्टियानो रोनाल्डो भने मिलानविरुद्धको खेलमा उत्रिएनन् । घरेलु मैदानमा युभेन्टसको पूनरागमन जितमा पाउलो डिब्याला र मोएस किनले गोल गरे । मिलानका क्रिजिस्टोफ […]

27 views

0 Bookmark

एजेन्सी – सुपरस्टार क्रिस्टियानो रोनाल्डोविनै मैदान उत्रिएको युभेन्टसले इटालियन सिरी ‘ए’ मा एसी मिलानलाई पराजित गरेको छ ।

युभेन्टसले घरेलु मैदानमा एसी मिलानमाथि २–१ को पूनरागमन जित निकालेको हो । चोटका कारण सुपरस्टार क्रिस्टियानो रोनाल्डो भने मिलानविरुद्धको खेलमा उत्रिएनन् । घरेलु मैदानमा युभेन्टसको पूनरागमन जितमा पाउलो डिब्याला र मोएस किनले गोल गरे । मिलानका क्रिजिस्टोफ पियाटिकले गोल गरे ।

३९औं मिनेटमा पियाटिकले गोल गरेपछि मिलाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । टिमोउ बाकायोकोका पासमा पियाटिक गोल गर्न सफल भएका थिए । तर, मिलानले त्यो अग्रतालाई जोगाउन सकेन ।

६०औं मिनेटमा घरेलु टोली युभेन्टस पेनाल्टीमार्फत खेलमा फर्कियो । मुसाचियोले डिब्यालालाई बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा डिब्याला आफैले गोल गरे । ८४औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्टसलाई २–१ को जित दिलाए ।

जितसँगै युभेन्टसले आफ्नो शीर्षता थप बलियो बनाएको छ । युभेन्टस ३१ खेलबाट ८४ अंक जोडेर शीर्षस्थानमा रहँदा दोस्रो स्थानको नेपोलीलाई २१ अंकले पछि पारेको छ । पराजित मिलान ५२ अंकसहित चौथो स्थानमा रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.