default_image

5 years ago

April 8, 2019

पुक्की च्याम्पियनसिप प्लेयर अफ दि सिजन

एजेन्सी – नर्विच सिटीका फरवार्ड टिमु पुक्की च्याम्पियनसिप फुटबलको प्लेयर अफ दि सिजन घोषित भएका छन् । इंग्ल्यान्डको दोस्रो डिभिजनको फुटबल लिगमा उच्च प्रदर्शन गरेका उनलाई आइतबार राति प्लेयर अफ दि सिजन घोषित गरिएको हो । उनले नर्विचलाई प्रिमियर लिगमा बढुवा नजिक पुर्याउन २४ गोल गर्नुका साथै ९ असिस्ट गरेका थिए । च्याम्पियनसिपमा ६ चरणको […]

26 views

0 Bookmark

एजेन्सी – नर्विच सिटीका फरवार्ड टिमु पुक्की च्याम्पियनसिप फुटबलको प्लेयर अफ दि सिजन घोषित भएका छन् ।

इंग्ल्यान्डको दोस्रो डिभिजनको फुटबल लिगमा उच्च प्रदर्शन गरेका उनलाई आइतबार राति प्लेयर अफ दि सिजन घोषित गरिएको हो । उनले नर्विचलाई प्रिमियर लिगमा बढुवा नजिक पुर्याउन २४ गोल गर्नुका साथै ९ असिस्ट गरेका थिए ।

च्याम्पियनसिपमा ६ चरणको खेल बाँकी रहँदा नर्विच सिटी ४० खेलबाट ८४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पुक्कीले सेफिल्डका बिल्ली सार्प र बर्मिङहमका चे आडाम्सलाई पछि पार्दै प्लेयर अफ दि सिजन घोषित भएका हुन् ।

प्लेयर अफ दि सिजन घोषित भएसँगै पुक्कीले यो अवार्डबाट आफु साँच्चिकै खुशी रहेको र यसले मलाई आगमी दिनमा थप हौसला प्रदान गर्ने बताएका छन् । ‘च्याम्पियनसिपमा पनि थुप्रै प्रतिभावान खेलाडी छन् । म आज प्लेयर अफ दि सिजन भएको छु । मेरो लागि यो अवार्ड विशेष हुनेछ,’ सिजन खेलाडी घोषित भएपछि पुक्कीले भने ।

लिग वानतर्फ लुटन टाउनका फरवार्ड जेम्स कोलिन र लिग टुबाट जेम्स सिजनको खेलाडी घोषित भए । इएफएल टिम अवार्डमा ब्रान्सलेका एडाम डेभिस, नर्विचका म्याक् आरोन्स, लिड्सका लियम कुपर, म्यानफिल्डका क्रिस्टियन पियर्स, लुटनका जेम्स जस्टिन, ब्रान्सलेका एलेक्स मोवाट, वरीका जय ओसी, हलका जारोड वोवेन, नर्विचका टिमु पुक्की, सेफिल्डका बिली सार्प र रोभर्सका नोरवुड रहेका छन् ।

सेफिल्डका क्रिस विल्डरले वर्षका उत्कृष्ट प्रशिक्षक भए । नर्विचका फुलब्याक म्याक्स आरोन्स इएफएल युवा खेलाडी चुनिए । क्यान्सरलाई जितेका जोए थम्सनको गोलले सर टम फिन्नी अवार्ड जिते । डोनकास्टर रोभर्स मोमेन्ट अफ दि सिजनको अवार्ड जित्न सफल भयो । विल भल्क्स कम्युनिटी खेलाडी र पोर्टस्माउथ कम्युनिटी क्लबको अवार्ड जित्न सफल भए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.