10 years ago
May 3, 2016
गत सिजनको बिजेता चेल्सीले गएरातिको खेलमा उपाधिको होडमा लेस्टरलाई चुनौती दिरहेको टोटनह्यामलाई २-२को ड्रमा रोकेपछी लेस्टरले ईंग्लिश प्रीमियर लिगको उपाधि जित्न सफल भएको छ । अब दुइ खेल मात्र बांकी रहेको अवस्थामा लेस्टरको स्पस्ट ७अंकको आग्रता रहेको छ ।
३ खेल बांकिहुँदा जित्ने लक्ष्य लिएर मैदानमा उत्रेको स्पर्स ले खेलको ३५औ र ४५ मिनटमा गोल गर्दौ खेल आफ्नो पक्ष्यमा पार्ने सुर कसिसकेको थियो । टोटनह्यामको लागि पहिलो हाल्फमा केन र सनले गोल गरेका थिए । पछील्लो २६ बर्षमा आफ्नो मैदानमा टोटन्ह्यामसँग नहारेको चेल्सीले दोस्रो हाल्फमा उत्कृष्ट प्रदर्शन गर्दै २-२सम्म खेल पुराएको थियो । चेल्सीका लिगी ५८औं मिनटमा काहिल र ८३औ मिनटमा इडन हजार्डले गोल गरेका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]