एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड लगातार तीन च्याम्पियन्स लिग उपाधि जितेपछि चौथो पटक सोहि सफलता दोहोर्याउन असफल रहयो ।

रियललाई अन्तिम १६ मा डच क्लब आयाक्सले पराजित गरेको थियो । त्यसै क्लबका मिडफिल्डर फ्रान्की डे जोंगले रियलभन्दा इटालियन च्याम्पियन युभेन्ट्स राम्रो रहेको प्रतिक्रिया दिएका छन् । फ्रान्कीले अर्को सिजन सुरुवातदेखि बार्सिलोनाबाट खेल्ने पक्का भइसकेको छ । रियलले पनि उनलाई अनुबन्धन गर्ने प्रयास थालेको थियो । तर युरोपका शीर्ष क्लबमध्य फ्रान्कीले बार्सिलोना रोजेका हुन् ।
च्याम्पियन्स लिगको अन्तिम १६ मा समग्रमा ५-३ को जित दर्ता गर्दै क्वाटरफाइनल प्रवेश गरेको आयाक्सले अब युभेन्टसको सामना गर्दैछ । खेलअघि बोल्दै युवा मिडफिल्डर फ्रान्कीले रियलभन्दा इटालियन क्लब केहि माथि रहेको बताएका हुन् । ‘ म रियलभन्दा युभेन्टसलाई केहि बलियो मान्छु । म्याड्रिड पनि ठूलो क्लब हो तर यस सिजन रियल राम्रो लयमा देखिएन,’ उनले भने ।
‘ युभेन्टस मेरो लागि यस सिजनको उपाधि दावेडर टोलीमध्य एक हो । हामीले कस्तो प्रदर्शन गर्ने हो भन्नेमा म उत्सुक छु । यो निकै ठूलो चुनौती हो,’ उनले थपे,’ हामीले सामान्य रुपमा आफ्नो खेल प्रदर्शन गर्न सक्यौं भने युभेन्टसलाई केहि कठिन बनाउँ सक्छौं । रोनाल्डो सम्मिलित युभेन्टस कमजोर हुने भएपनि म उत्कृष्ट खेलाडी र उत्कृष्ट टिमसँग खेल्न चाहन्छु ।’
आयाक्सको घरेलु मैदानमा हुने खेल बुधबार नेपाली समयानुसार १२:४५ बजे सुरु हुनेछ । दोस्रो लेग युभेन्टसको घरेलु मैदानमा अर्को मंगलबार हुनेछ ।