default_image

5 years ago

April 11, 2019

रुस्लान दशौं फाल्गुनन्द गोल्डकपकमा ४ लाख नाफा

दिपक बोहोरा, पाँचथर प्रतियोगिता सकिएको ३ महिना पछि रुस्लान दशौं फाल्गुनन्द गोल्डकपकको आयव्याय सार्वजनिक भएको छ । बिहीबार फिदिममा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक फिदिम सपोर्टिङ क्लबले हिसाब सार्वजनिक गरेको हो  । गत पुसमा समपन्न भएको फाल्गुनन्द गोल्डकपको दशौं संस्करणमा ५३ लाख ३२ हजार ६ सय तीन रुपैयाँ आम्दानी भएको र ४९ लाख २९ हजार […]

26 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

प्रतियोगिता सकिएको ३ महिना पछि रुस्लान दशौं फाल्गुनन्द गोल्डकपकको आयव्याय सार्वजनिक भएको छ । बिहीबार फिदिममा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक फिदिम सपोर्टिङ क्लबले हिसाब सार्वजनिक गरेको हो  ।

गत पुसमा समपन्न भएको फाल्गुनन्द गोल्डकपको दशौं संस्करणमा ५३ लाख ३२ हजार ६ सय तीन रुपैयाँ आम्दानी भएको र ४९ लाख २९ हजार २ सय ८९ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । जसमा ४ लाख ३ हजार ३ सय ३२ रुपैँया नाफा भएको क्लबले जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतियोगितमा गेट टिककबाट मात्र १६ लाख ५३ हजार ३ सय उठेको क्लबका अध्यक्ष विमल श्रेष्ठले जानकारी दिए ।

फाल्गुनन्द गोल्डकपको दशौं सस्करण गत पुष २१ गतेबाट ३० गते सम्म फिदिममा आयोजना भएको थियो । एन्फाले यो सिजनमा दिएको समय तालीकाकोे पहिलो गोल्डकपको रुपमा फाल्गुनन्द गोल्डकप रहेको थियो । गोल्डकपमा मोफसलका चर्चित क्लबहरु र ए डिभिजन सहित दश टिमको सहभागीता रहेको थियो ।

प्रतियोगितामा ए डिभिजन एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, ब्याइज युनियन क्लब, फ्रेन्डस क्लब र मोफसलका सुनसरी ११, झापा ११, मोरङ ११,कर्ण सिं सोनाम स्मृति क्लब ताप्लेजुङ, आयोजक फिदिम स्र्पो्टिङ क्लबको सहभागी भएका थिए ।

फाल्गुनन्द गोल्डकपको दशौं संस्करणको विजेताले उपाधि सहित नगद चार लाख र उपविजेताले नगद दुई लाख प्राप्त गरेका थिए । दशौं फाल्गुनन्द गोल्डकपको उपाधि झापा ११ ले जितेको थियो ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.