default_image

7 years ago

April 13, 2019

सडन डेथमा हिमायलन शेर्पा पराजित

137 views

0 Bookmark

दिपक बोहोरा
फिदिम – ए डिभिजनको क्लब हिमालय शेर्पा पाँचथरमा जारी वाईवाई तेस्रो पाँचथर गोल्डकपको उपाधि होडबाट बाहिरीएको छ । हिमालयलाई सडन डेथमा हराउँदै भारतको दार्जिलिङ युनाइटेड प्रतियोगिताको फाइनलमा पुगेको छ ।

दार्जिलिङले उपाधिको लागी सोमबार डागीहाट फुटबल क्लब मोरङ संग प्रतिस्पर्धा गर्ने छ । मोरङ विजय युथ क्लबलाइ हराउँदै फाइनल पुगेको थियो । फिदिम माविमा भएको खेलको निर्धारित समय १–१ को बराबरी तथा टाइब्रेकरमा ५–५ को बराबरीपछि खेलको निर्णय सडन डेथमा भएको थियो । सडन डेथमा हिमालयनका ड्डाडि वाम्बेको प्रहार खेर गयो । दार्जिलिङका वाङदेन तामाङ भने गोल गर्न सफल भए ।

निर्धारित समयमा खेलमा पहिलो अग्रता भने दार्जिलिङले लिएको थियो । १९ औं मिनेटमा करण राइले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । ५४ औ मिनेटमा हिमालयनका ड्डाडि वाम्बले बराबरी गोल फर्काएका थिए ।

म्यान अफ दी म्याच घोषित दार्जिलिङका वाङदेन तामाङले ५ हजार रुपैयाँ प्राप्त गरे । मौका सदुपयोग गर्न नसक्दा हार्नु परेको हिमालयनका प्रशिक्षक विजेता पुडासैनीले बताए ।

टिमवर्कले गर्दा खेल आफ्नो पक्षमा आएको दार्जिलिङ प्रशिक्षक फर्स तामाङले बताए । फाइनलमा पनि यसैलाई निरन्तरता दिदै उपाधि जित्ने तामाङले आशा राखे । प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख रुपैयाँ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.