7 years ago
April 13, 2019
एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोविनै मैदान उत्रिएको युभेन्टसले एसपालसँग पराजित भएको छ ।

युभेन्टस घरेलु टोली एसपालसँग २–१ ल्े पराजित भएको हो । यसँगै युभेन्टसलाई कीर्तिमानी आठौंपटक सिरी ‘ए’ को उपाधि जित्न अर्काे खेल कुर्नुपर्ने भएको छ ।
क्लबले यही बुधबार आयाक्सविरुद्धको च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगका लागि रोनाल्डोलाई विश्रामा दिएका थिए । तर, प्रशिक्षकको यो निर्णय गलत सावित भयो ।

युभेन्टसले सुरुआती अग्रता जोगाउन नसक्दा स्पालसँग अंक गुमाउन बाध्य भयो । मोइस केनको गोलबाट युभेन्टसले खेलको ३०औं मिनेटमा अग्रता बनाएको थियो । केभिन बोनिफिजाइले इन्ज्युरी समयमा गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।
तर, ७४औं मिनेटमा सर्जियो फोल्जारीले गोल गरेपछि युभेन्टसले उपाधिका लागि अर्काे खेल कुर्नुपर्ने भएको हो । आइतबार नापोली कालगिरीसँग पराजित भएमा युभेन्टसले उपाधि जित्ने छ ।
युभेन्टस सन २०११ देखि लगातार सिरी ‘ए’ च्याम्पियन बन्दै आएको छ । युभेन्टसको ३२ खेलबाट ८४ अंक रहेको छ । जुन दोस्रो स्थानको नेपोलीको भन्दा २० अंकले बढी हो ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]