7 years ago
April 14, 2019
एजेन्सी – पल पोग्वाको दुई पेनाल्टी गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडलाई २–१ ले पराजित गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडको कठिन जितमा पोग्वाले दुवै गोल पेनाल्टीमा गरे । वेस्टह्यामका फिलिपे एन्डरसनले एक गोल फर्काए ।
खेलको १९औं मिनेटमा रोवर्ट स्नुडग्रासले हुवाँन माटालाई बक्सभित्र फल गरेपछि प्राप्त पेनाल्टीमा पोग्वाले कुनै गल्ती गरेनन् ।

४९औं मिनेटमा पाहुना टोलीले बराबरी गोल फर्कायो । फिलिपे एन्डरसनले म्यानुयल लान्जिनीको पासमा गोल गरे ।
रायन फ्रेडरिक्सले गोलरक्षकसँगको वान टु वान अवस्थामा एन्थोनी मार्सियललाई लडाएपछि ८०औं मिनेटमा युनाइटेडले अर्काे पेनाल्टीको मौका पायो । जसलाई पोग्वाले सदुपयोग गर्दै महत्वपुर्ण ३ अंक दिलाए ।
जितसँगै पाँचौ स्थानमा उक्लिएको म्यानचेस्टर युुनाइटेडको ३३ खेलबाट ६४ अंक पुगेको छ । वेस्टह्याम ४२ अंकसहित ११औं स्थानमा रहेको छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]