default_image

7 years ago

April 14, 2019

मौराको ह्याट्रिकमा टोटेनहमको फराकिलो जित

228 views

0 Bookmark

एजेन्सी – ब्राजिली लुकास मौराको ह्याट्रिक मद्दतमा टोटेनहम हस्टपरले इंग्लिस प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा टोटेनहमले हडर्सफिल्डलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो । टोटेनहमको जितमा मौराले ह्याट्रिक पुरा गर्दा भिक्टर वानयामाले एक गोल थपे ।

एकपक्षीय बनेको खेलमा टोटेनहमले २४औं मिनेटमा भिक्टर वानयामाको गोलबाट अग्रता लिएको थियो । उनले फर्नान्डो लोरेन्टेको पासमा गोल गरेका थिए । २७औं मिनेटमा लुकास मौराले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर बनायो । उनले मौसा सिसिकोको पासलाई सदुपयोग गरेका थिए ।

८७औं मिनेटमा क्रिस्यिन इरिक्सनको पासमा मौराले गोल थपेपछि टोटेनहम ३–० ले अघि बढ्यो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मौराले ह्युङ मिन सनको पासमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि टोटेनहमले ४–० को फराकिलो जित निकाल्यो ।

जितसँगै टोटेनहम ३३ खेलबाट ६७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । अर्काे सिजनको च्याम्पियन्स लिगका लागि छनोट नजिक रहेको छ । हडर्सफिलड २० अंकसहति रेलिगेसन जोनको पुछारमा छ ।

प्रिमियर लिगका अन्य खेलका नतिजा
ब्राइटन विरुद्ध बर्नमाउथ (०–)
बर्नली विरुद्ध कार्डिफ (–०)
फुलहम विरुद्ध एभर्टन (–०)
साउथ ह्याम्पटन विरुद्ध वल्भ्स (–१)
म्यानचेस्टर युनाइटेड विरुद्ध वेस्टह्याम (–१)

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.