7 years ago
April 14, 2019
एजेन्सी – शीर्षस्थानको बार्सिलोना एसडी हुसेकासँग बराबरीमा रोकिदा एट्लेटिको म्याड्रिडले जित निकाल्दै अंक दुरी छोट्याएको छ ।

बार्सिलोना रेलिगेसन जोनमा रहेको एसडी हुसेकासँग गोलरहित बराबरीमा रोकिएको हो । हुसेका विरुद्ध दोस्रो रोजाईको खेलाडी उतारेको बार्सिलोनाले बल पोजेसन राखेपनि गोल गर्न भने सकेन ।
बराबरीसँगै बार्सिलोनाको ३२ खेलबाट ७४ जोड्दै शीर्षस्थानमा यथावत छ । हुसेका २५ अंकसहित पुछारमा छ ।

शनिबार राति नै भएको अर्काे खेलमा एट्लेटिको म्याड्रिडले सेल्टा डि भिगोलाई पराजित गर्दै शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी कम गरेको छ । एट्लेटिकोको जितमा एन्टोइन ग्रिजमन र अल्भेरो मोराटाले गोल गरे ।

जितसँगै एट्लेटिकोको ३२ खेलबाट ६५ अंक पुगेको छ । जुन शीर्षस्थानको बार्सिलोनाभन्दा ९ अंकले पछि हो । सेल्टा ३२ अंकसहित १६औं स्थानमा छ ।
अर्काे खेलमा इस्पान्योलले डिर्पाेटिभो अलाभेसलाई २–१ ले तथा सेभियाले रियल बेटिसलाई ३–२ ले हरायो ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]