default_image

7 years ago

April 14, 2019

सान्चोको दुई गोलमा डर्टमन्ड विजयी

125 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका युवा फरवार्ड जाडो सान्चोको दुई गोल सहयोगमा बोरुसिया डर्टमन्डले मेइन्जलाई पराजित गर्दै जर्मन बुन्डेस लिगाको शीर्षस्थानमा फर्किएको छ ।

डर्टमन्डले मेइन्जलाई २–१ ले पराजित गरेको हो । डर्टमन्डको जितमा दुवै गोल जाडोन सान्चोले गरे । यससँगै सान्चो जर्मन बुन्डेस लिगामा बढी गोल गर्ने कम उमेरका खेलाडी बनेका छन् । १९ वर्षीय सान्चोले यो सिजन २८ खेलमा ११ गोल गर्दै १३ गोलको लागि सहायता दिएका छन् । मेइनजका रोविन क्वाइसनले एक गोल फर्काए ।

१८औं मिनेटमा सान्चोले मारियो गोट्जेको पासमा गोल गर्दै डर्टमन्डलाई सुरुवाती अग्रता दिलाए । २४औं मिनेटमा थोमस डिलानेको पासमा सान्चोले व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमन्ड पहिलो हाफमै २–० ले अघि बढेको थियो ।

८३औं मिनेटमा रोविनले गोल गर्दै गोलअन्तर कम गरेपनि डर्टमन्ड २–१ ले विजयी हुन सफल भयो ।
जितसँगै डर्टमन्डको २९ खेलबाट ६६ अंक पुगेको छ । एक खेल कम खेलेको बायर्नको ६४ अंक छ । पराजित मेइन्ज ३३ अंकसहित १२औं स्थानमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.