default_image

5 years ago

April 14, 2019

उपाधि होडको लिभरपुललाई चेल्सीको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज शीर्षस्थानमा रहेको लिभरपुलले लन्डन क्लब चेल्सीको सामना गर्दैछ । खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा राति ९ः१५ बजेपछि शुरु हुने छ । उपाधि होडमा रहेको लिभरपुल लन्डन क्लब चेल्सीलाई निराश पार्दै उपाधि जित्ने अभियानलाई थप बलियो बनाउने योजनासहित मैदान उत्रनेछ । प्रिमियर लिग सिजन अन्त्यको संघारमा पुग्दा लिभरपुल एक खेल […]

21 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज शीर्षस्थानमा रहेको लिभरपुलले लन्डन क्लब चेल्सीको सामना गर्दैछ । खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा राति ९ः१५ बजेपछि शुरु हुने छ ।

उपाधि होडमा रहेको लिभरपुल लन्डन क्लब चेल्सीलाई निराश पार्दै उपाधि जित्ने अभियानलाई थप बलियो बनाउने योजनासहित मैदान उत्रनेछ । प्रिमियर लिग सिजन अन्त्यको संघारमा पुग्दा लिभरपुल एक खेल कम खेलेको म्यानचेस्टर सिटीभन्दा २ अंकले अघि छ ।

लिभरपुलको ३३ खेलबाट ८२ तथा सिटीको ३२ खेलबाट ८० अंक रहेको छ । यस्तोमा लिभरपुल चेल्सीलाई पराजित गर्दै अग्रता अझै फराकिलो बनाएर उपाधिलाई थप मजबुत बनाउने लक्ष्यमा हुनेछ । चेल्सीसँगको बराबरी या हारले लिभपुलको उपाधियात्रा कमजोर बन्नेछ ।

तर, घरेलु मैदानमा पछिल्ला ६ खेलमा लिभरपुलले चेल्सीलाई पराजित गर्न सकेको छैन । जसमा ४ बराबरी र २ हारको नतिजा छ । त्यसैले लिभरपुल चेल्सीसँग सचेत भएर खेल्नेछ । लिभरपुलसँग मोहम्मद सलाह, साडियो माने, रोबर्टाे फिर्मिनो, जोर्डन हेन्डरसन, फविन्हो, एलिसन बेकरजस्ता खोडीहरु रहेका छन् ।

यता, चेल्सी लिभरपुललाई पराजित गर्दै अर्काे सिजनको च्याम्पियन्स लिगको लागि स्थानलाई सुरक्षित बनाउने अभियानमा हुनेछ । चेल्सी ६६ अंकसहित चौथो स्थानमा रहेको छ । टोटेनहम ६७ अंक जोडेर तेस्रो स्थानमा छ । चेल्सीले लिभरपुलसँग पछिल्ला १६ खेलमध्ये मात्रै दुई खेलमा हार बेहोरेको छ । जसमा ६ जित र ८ बराबरीको नतिजा छ ।

चेल्सीसँग इडेन हजार्ड, गोन्जालो हिग्विन, कोलुम हड्सन ओडोइ, ओलिभर जिरुड, एङ्गोलो कान्टे, रोस बार्कली र जगिन्हो जस्ता स्तरीय खेलाडीहरु रहेका छन् । ठुला ६ क्लबसँग चेल्सीले हार भोगेका कारण चेल्सी लिभपुलसँग सचेत भएर खेल्नेछ । यी दुई टोलीको पहिलो राउन्डको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

लिभरपुललाई उपाधितर्फ र चेल्सीलाई च्याम्पियन्स लिगमा स्थान बलियो बनाउन जित आवश्यक छ । त्यसैले दुवै टोलीले जितको लागि सम्पुर्ण शक्ति खर्चने छ । त्यसैले यि दुई टोलीबीचको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ ।

आजै म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्दैछ । खेल साँझ ६ः५० मा हुनेछ । यो खेलमा जित हात पारे सिटीले शीर्षस्थान फर्कदै उपाधि दावेदारीता पेश गर्नेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.