7 years ago
April 14, 2019
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड र बार्सिलोनाबीच ट्रान्सफर बजारमा उत्कृष्ट खेलाडी भित्र्याउन सधैं होडबाजी चलिरहन्छ । यस सिजन जुनमा पनि दुई क्लबबीच जापानका युवा खेलाडी भित्र्याउन प्रतिस्पर्धा हुने भएको छ ।

जापानका १७ वर्षीय ताकेफुसा कुबोलाई क्लबमा ल्याउन दुवै क्लब अहिले अन्तरिक तयारीमा छन् । देशबाहिरका खेलाडीलाई १८ वर्ष नपुग्दै अनुबन्धन गर्न नपाइने हुँदा बार्सिलोना यसअघि पनि समस्यमा परिसकेको छ । यहि जुनमा १८ वर्ष पूरा हुने ताकेलाई क्लबमा ल्याउन अहिले दुवै क्लब तत्पर छन् । हाल एफसी टोकियोबाट खेलिरहेका उनले आफ्नो भविष्य युरोपमा नै रहेको बताएका छन् ।
रियल र बार्सिलोनासँगै पीएसजीले पनि पछिल्लो समय ताकेका एजेन्टलाई सम्पर्क गरेको खुलेको छ । तर ताकेले भने आफ्नो ध्यान स्पेनमा खेल्ने रहेको प्रष्ट पारेका छन् । यसअघि बार्सिलोनाले ताकेलाई उमेर नपुग्दै भित्र्याउँदा फिफाले कारवाही गरेको थियो । १८ वर्ष पुरा भएपछि उनी बार्सिलोना नै आउने क्लबले अपेक्षा गरेको छ । उनले क्लबमा ३ वर्ष बिताउँदै उमेर समूहमा खेलेका थिए ।
ताके आक्रामक मिडफिल्डमा खेल्दै गोल गर्ने अवसर सिर्जना गर्न माहिर मानिन्छन् । उनले आफ्नो उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । प्राविधिक रुपमा निपुण ताकेले १६ वर्षको उमेरमा नै जापानको यू-२० टोलीबाट खेलिसकेका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]