default_image

7 years ago

April 14, 2019

चेल्सीमाथि लिभरपुलको महत्वपुर्ण जित

143 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा मर्सिसाइड क्लब लिभरपुलले लन्डन क्लब चेल्सीमाथि महत्वपुर्ण जित निकालेको छ ।

घरेलु मैदमानमा लिभरपुलले चेल्सीमाथि २–० को महत्वपुर्ण जित निकालेको हो । लिभरपुलको महत्वपुर्ण जितमा साडियो माने र मोहम्मद सलाहले गोल गरे ।

यो जितसँगै लिभरपुल पुनः प्रिमियर लिगको शीर्ष स्थानमा फर्कदै उपाधि जित्ने सम्भावनालाई जीवितै राखेको छ । लिभरपुलले एक खेल कम खेलेको म्यानचेस्टर सिटीलाई २ अंकले पछि पारेको छ । ३४ खेलबाट लिभरपुलको ८५ अंक पुग्दा सिटीको ३३ खेलबाट ८३ अंक छ । सिटीले आइतबार राति नै क्रिस्टल प्यालेसलाई ३–१ ले पराजित गरेको थियो । पराजित चेल्सी ३४ खेलबाट ६६ अंक जोडेर चौथो स्थानमा यथावत छ ।

एनफिल्डमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको शुरुमै घरेलु टोलीले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै महत्वपुर्ण ३ अंक जोड्न सफल भयो ।

५१औं मिनेटमा साडियो मानेले जोर्डन हेन्डरसनको पासमा हेडमार्फत गोल गर्दै लिभरपुललाइृ अग्रता दिलाए । त्यसको दुई मिनेटपछि मोहम्मद सलाहले भर्जिल भान डिजिकको पासमा करिव २५ यार्डबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।

दुई गोलले पछि परेपछि चेल्सीले खेलमा फर्कने प्रयास गरेको थियो । ५९औं मिनेटमा हजार्डको प्रहार पोस्टमा लागेर फर्कदा चेल्सी चुक चुकायो । ६१औं मिनेटमा हजार्डको अर्काे प्रयासलाई लिभरपुलका गोलरक्षक एलिसन बेकरले बचाइदिए । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल विजयी हुन सफल भयो ।

एनफिल्डमा चेल्सीमाथि लिभरपुलको २०१२ पछि पहिलो जित हो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.