default_image

7 years ago

April 14, 2019

सलाहले किन गरे यस्तो सेलिब्रेसन ?

136 views

0 Bookmark

लिभरपुल (एजेन्सी)– प्रिमियर लिगमा आइतबार चेल्सीविरुद्ध लिभरपुलले घरेलु मैदानमा २-० को जित निकाल्दा इजिप्सियन गोल स्कोरर मोहम्मद सलाहको भूमिका महत्वपूर्ण रह्यो।

जोर्डन हेन्डरसनको पासमा साडियो मानेले ५१ औं मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि सलाहले उत्कृष्ट गोल गर्दै घरेलु टोलीको अग्रतालाई दोब्बर पारे । पूर्व क्लब चेल्सीविरुद्ध गोल गरेपछि सलाहको सेलिब्रेसन हेर्न लायक थियो ।

सलाहको त्यो सेलिब्रेसन उनका आलोचकका लागि दिइएको जवाफको रुपमा लिइएको छ । उनले भ्रमणकारी चेल्सीका समर्थकसामु त्यो गोल सेलिब्रेसन गरेका थिए ।

केहि समयअघि सलाहका आलोचकले उनको धर्मलाई प्रहार गर्दै भिडियो सार्वजनिक गरेका थिए । ती समर्थकलाई चेल्सीले पनि प्रतिबन्ध लगाएको थियो । सलाहले एक खुट्टामा उभिएर दुवै हात जोडेर गरेको त्यो सेलिब्रेसनलाई सोही घटनासँग जोडेर हेरिएको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.