default_image

7 years ago

April 15, 2019

बायर्न पुनः शीर्षस्थानमा

110 views

0 Bookmark

एजेन्सी – डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख जर्मन बुन्डेस लिगामा पुनः शीर्षस्थानमा उक्लिएको छ ।

जर्मन बुन्डेस लिगामा आइतबार राति भएको खेलमा बायर्नले घरेलु टोली फोर्टुना डुसेलडर्फमाथि ४–१ को जित निकाल्दै पुनः शीर्षस्थानमा उक्लिएको हो । बायर्नले २९ खेलबाट ६७ अंक जोड्यो । दोस्रो स्थानको बोरुसिया डर्टमन्डलाई १ अंकले पछि पारेको हो ।

बायर्नको फराकिलो जितमा किङ्सले कोमानले दुई तथा सर्जी जिनाब्री र लियोन गोरेट्जका ले समान १ गोल गरे । घरेलु टोलीका डुडी लुकिबाकियोले एक गोल फर्काए । बायर्नले सुरुवात देखि नै आक्रमक फुटबल खेल्दा खेलको १५औं मिनेटमा कोमानको गोलबाट अग्रता लिएको थियो । ४१औं मिनेटमा कोमानले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्न पहिलो हाफमा २–० ले अघि बढेको थियो ।

५५औं मिनेटमा सर्जी जिनाब्रीले अर्काे गोल गर्दा बायर्न फराकिलो जिततर्फ अग्रसर बन्यो । ८९ औं मिनेटमा फोर्टुनाका डुडीले पेनाल्टीमार्फत गोल फर्काउदै गोल अन्तर कम गरेपनि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा लियोनले गोल गर्दै बायर्नलाई ४–१ को फराकिलो जित दिलाए । यससँगै जर्मन बुन्डेस लिगाका उपाधि होड झनै रोमाञ्चक बनेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.