default_image

7 years ago

April 16, 2019

बेन्जेमाको गोलमा रियल हारबाट जोगियो

105 views

0 Bookmark

एजेन्सी – जारी सिजन खराब लयमा गुज्रिरहेको स्पेनिस महारथी रियल म्याड्रिडले अर्काे बराबरीको नतिजा निकालेको छ । फरवार्ड करीम बेन्जेमाको गोलमा रियल हारबाट जोगिएको हो ।

स्पेनिस ला लिगा अन्तर्गत सोमबार राति भएको खेलमा रियल म्याड्रिड लेगानेससँग १–१ को बराबरीमा रोकिएको हो । खेलभर रियलले लेगानेसलाई दवावमा राखेपनि गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । पहिलो हाफको अन्तिम समयमा जोनाथन क्रिस्टियन सिल्भाले गोल गरेपछि रियल खेलमा पछि परेको थियो ।

तर, ५१औं मिनेटमा रियलका करिम बेन्जिमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि पनि रियालले बल पोजसन राखेपनि गोल गर्न असमर्थ बन्यो ।

बराबरीसँगै रियालको ला लिगा उपाधियात्रा निकै कमजोर बनेको छ । ला लिगामा ६ चरणको खेल बाँकी रहँदा रियाल शीर्षस्थानको बार्सिलोनाभन्दा १३ अंकले तथा दोस्रो स्थानको शहरी प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडभन्दा ४ अंकले पछि छ । लेगानेस ४१ अंक जोडेर ११औं स्थानमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.