default_image

7 years ago

April 17, 2019

युभेन्टसलाई हराउँदै आयाक्स सेमिफाइनलमा

129 views

0 Bookmark

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले अग्रता दिलाएपनि युभेन्टस युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबारको खेलमा आयाक्ससँग २-१ ले पराजित भएको छ । समग्रमा ३-२ को हार बेहोर्दै युभेन्टस प्रतियोगिताबाट बाहिरिँदा आयाक्स भने सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको २८ अौं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर त्यसको ६ मिनेट नबित्दै आयाक्सका लागि भान डेर बिकले अफसाइड ट्र्याप बिट गर्दै बराबरी गोल फर्काए । पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ६७अौं मिनेटमा आयाक्सका कप्तान माथिस डे लिटले गोल गर्दै अग्रता दिलाए । उनले लास स्कोनेको कर्नरमा हेडर गोल गरेका थिए । पहिलो हाफको तुलनामा दोस्रो हाफमा चुस्त प्रदर्शन गरेको आयाक्सले अब सेमिफाइनलमा म्यानचेस्टर सिटी र टोटनहम हट्सपरको विजेतासँग खेल्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.