default_image

5 years ago

April 21, 2019

युभेन्टस लगातार आठौंपटक सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – युभेन्टस पाँच खेल अगावै यस सिजनको इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । लगातार सिरी ‘ए’ को च्याम्पियन बन्ने क्रममा युभेन्टसले शनिबार राति फियोरेन्टिनालाई २–१ ले हरायो । सन् २०११/१२ को सिजनमा सिरी ‘ए’ च्याम्पियन भएयता युभेन्टस् लगातार च्याम्पियन बनिरहेको छ । युभेन्टसले ३३ खेलबाट ८७ अंक जोड्यो । जुन दोस्रो स्थानको […]

28 views

0 Bookmark

एजेन्सी – युभेन्टस पाँच खेल अगावै यस सिजनको इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । लगातार सिरी ‘ए’ को च्याम्पियन बन्ने क्रममा युभेन्टसले शनिबार राति फियोरेन्टिनालाई २–१ ले हरायो ।

सन् २०११/१२ को सिजनमा सिरी ‘ए’ च्याम्पियन भएयता युभेन्टस् लगातार च्याम्पियन बनिरहेको छ ।

युभेन्टसले ३३ खेलबाट ८७ अंक जोड्यो । जुन दोस्रो स्थानको नेपोलीको भन्दा २० अंकले बढी हो । ३३ खेलमा युभेन्टसले २८ जित, ३ बराबरी र २ मा हारको नतिजा निकाल्यो । बाँकी ५ खेलमा हार बेहोरेपनि युभेन्टस पछि पर्ने छैन ।

घरेलु मैदान एलिनाज स्टेडियम टोरिनोमा युभेन्टसले १ गोलले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो ।

खेलको छैटौ मिनेटमा नै निकोला मिलेनकोभिकले गोल गरेपछि युभेन्टस खेलमा पछि परेको थियो । ३७औं मिनेटमा एलेक्स सान्द्रोले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरी भएको थियो । दोस्रो हाफको सुरुमै आत्मघाती गोल भएपछि युभेन्टसले खेलमा २–१ को अग्रता बनायो ।

५३औं मिनेटमा जर्मन पिज्जेल्लाले विपक्षीको प्रहार बचाउन खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस २–१ ले विजयी हुन सफल भयो ।

यससँगै यसै सिजन युभेन्टस पुगेका रोनाल्डोले सिरी ‘ए’ को पहिलो उपाधि जित्न सफल भयो ।

April 29, 2024

इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ […]

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

Success

Thank you for your time.