7 years ago
April 21, 2019
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि यात्रालाई थप मजवुत बनाएको छ । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई २–१ ले पराजित गर्दै उपाधि यात्रालाई थप मजवुत बनाएको हो।

ला लिगा संघारमा पुग्दा बार्सिलोनाको ३३ खेलबाट ७७ अंक पुगेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको समान खेलबाट ६८ अंक रहेको छ । एक खेल कम खेलेको तेस्रो स्थानको रियल मड्रिडको ६१ अंक छ ।
ला लिगामा अब पाँच खेल बाँकी रहँदा बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिकोसँग ९ अंकको तथा रियलसँग १६ अंकको फराकिलो अग्रता बनाएको छ । बार्सिलोनाले अब च्याम्पियन बन्न ५ मध्ये दुई खेल जिते पनि पर्याप्त बन्नेछ । बार्सिलोनाले दुई खेल जितेको अवस्थामा एट्लेलिटको सबै ५ खेल जितेपनि बार्सिलोना गोल अन्तरमा च्याम्पियन बन्ने छ ।

नोउ क्याम्पमा शनिबार राति प्रतिस्पर्धात्मक बनेको खेलमा बार्सिलोनाले पहिलो गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । ४५औं मिनेटमा औसमाने डेम्वेलेको पासमा गोल क्लेमेन्ट लेङ्लेटले गाल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।
६२औं मिनेटमा जुवानमीले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो । तर, त्यसको दुई मिनेटपछि नै कप्तान लियोनेल मेस्सीको पासमा जोर्डी अल्वाले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]