7 years ago
April 21, 2019
एजेन्सी – युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुर्लभ कीर्तिमान रचेका छन् । शनिबार युभेन्टसले लिग उपाधि पक्का गरेसँगै रोनाल्डो तीन फरक शीर्ष लिगको उपाधि जित्ने एक्लो खेलाडी बनेका हुन् ।

शनिबार राति युभेन्टसले फियोरेन्टिनालाई २–१ ले पराजित गरेसँगै रोनाल्डोले यो उपलब्धि हात पारेका हुन् । रोनाल्डो बाहेक अहिलेसम्म अन्य कुनैपनि खेलाडीले इंग्ल्यान्ड, स्पेन र इटालीको लिगको उपाधि जित्न सकेका छैनन् ।
रोनाल्डोले यसअघि म्यानचेस्टर युनाइटेडबाट खेल्दै इंग्लिस प्रिमियर लिग र रियल म्याड्रिडको जर्सीमा स्पेनिस ला लिगाको उपाधि जितेका थिए । सन् २००९ मा रियल जानुअघि रोनाल्डोले युनाइटेडबाट लगातार तीन प्रिमियर लिगको उपाधि जितेका थिए ।
रियलमा रोनाल्डोले दुई पटक स्पेनिस ला लिगाको उपाधि जिते । यसै सिजनको सुरुवातमा रियल छाडेर युभेन्टस पुगेका रोनाल्डोले पहिलो सिजन नै सिरी ‘ए’ उपाधि जित्न सफल भए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]