7 years ago
April 21, 2019
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमार जुनियर झन्डै तीन महिनाको विश्रामपछि खेलमा फर्कने भएका छन् ।

चोटका कारण लामो विश्राममा रहँदै आएका नेयमारले एक साताअघि नै टिमसँग सामान्य प्रशिक्षण थालिसकेका थिए । नेयमारले आइतबार मोनाकोविरुद्धको खेलबाट पुनरागमन गर्न लागेको क्लबका प्रशिक्षक थोमस टुचेलले बताएका छन् ।
तीन महिनाअघि जनवरी २३ मा फ्रेन्च कोपा डेल रेअन्तर्गत स्टार्सवर्गविरुछको खेल दौरान नेयमारले मेटाटर्सलमा चोट बोकेका थिए । त्यसगता उनले विशिष्ट तथा विशेष चिकित्सकहरुको निगरानीमा उपचार गराउँदै आएका थिए । चोट बोक्नुअघि नेयमारले लिग वानमा १३ गोल गरेका थिए ।
‘नेयमार एकसातादेखि नै टिमको प्रशिक्षणमा छन् । उनले यसअघि नै पुनरागमन गर्ने तयारी गरेपनि पुर्ण फिट नदेखिएका कारण उनको पुनरागमन लम्बिएको हो,’ प्रशिक्षक टचेलले नेयमारबारे बोल्दै भने, ‘हामीले उनको प्रशिक्षण हेरेका छौं । अहिले नेयमार पुर्ण रुपमा फिट देखिएका छन् । उनी विश्वस्त देखिएका छन् । डराएका छैनन् । उनले आफुलाई सन्तुष्ट र खुशी महसुस गरेका छन् । उनले मोनाकोविरुद्धको खेलबाट पुनरागमन गर्ने बलियो सम्भावना छ ।’
पीएसजीले लिगका पछिल्लो तीन खेलमा स्टार्सवर्ग, लिले र नान्टेसविरुद्ध जित दर्ता गर्न नसक्दा उपाधि पक्का गर्ने अवसर लम्बिरहेको छ । मोनाकोविरुद्धको खेलमा जत हात पारे पीएसज लिग वान च्याम्पियन बन्नेछ । मोनाको विरुद्धको खेलमा थोमस म्युनियर र कप्तान थियागो सिल्भा अनुपस्थित रहनेछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]