default_image

5 years ago

April 21, 2019

बायर्नको संघर्षपुर्ण जित

एजेन्सी – साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा संघर्षपुर्ण जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बायर्नले १० खेलाडीमा समेटिएको वेडर ब्रेमेनमाथि १–० को संघर्षपुर्ण जित निकालेको हो । बायर्नको जितमा दोस्रो हाफमा निकोलस सुलले निर्णायक गोल गरे । बायर्नले खेलमा वेडर ब्रेमेनमाथि दवाव सिर्जना गरेपनि गोल गर्न निकै संघर्ष गर्नुपरेको […]

29 views

0 Bookmark

एजेन्सी – साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा संघर्षपुर्ण जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बायर्नले १० खेलाडीमा समेटिएको वेडर ब्रेमेनमाथि १–० को संघर्षपुर्ण जित निकालेको हो ।

बायर्नको जितमा दोस्रो हाफमा निकोलस सुलले निर्णायक गोल गरे । बायर्नले खेलमा वेडर ब्रेमेनमाथि दवाव सिर्जना गरेपनि गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । पाहुना टोली खेलको ५८औं मिनेटमा १० खेलाडीमा समेटिएपछि बायर्नलाई सहज भएको थियो ।

ब्रेमेनका मिलोस भेल्जकोभिक दोहोरो पहेंलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । त्यसको फाइदा बायर्नले उठायो । खेलको ७५औं मिनेटमा निकोलस सुलले थियागो अलकान्ताराको पासमा गोल गर्दै बायर्नलाई महत्वपुर्ण ३ अंक दिलाए ।

जितसँगै बायर्नले दोस्रो स्थानमो बोरुसिया डर्टमन्डमाथि ४ अंंकको अग्रता लिन सफल भएको छ । बायर्नको ३० खेलबाट ७० अंक छ । बुन्डेस लिगामा ४ खेल बाँकी हुदा बायर्न उपाधि नजिक पुगेको हो । यद्दपि एक खेल कम खेलेको बोरुसिया डर्टमन्डले बायर्नलाई पछ्याइरहेको छ । डर्टमन्डको २९ खेलबाट ६६ अंक रहेको छ ।

डर्टमन्डले आज साँझ फ्रेइवर्गको सामना गर्दैछ । यो खेलमा जित हात पारे डर्टमन्डले अंक दुरी एकमा झार्नेछ ।

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

April 29, 2024

मानेभन्ज्याङ आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडधरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि सोमबार ५–१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार […]

April 29, 2024

मध्यपुर थिमि गोदावरी मेयर कपको क्वाटरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद )- मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशाला सोमबार भएको एक मात्र खेलमा टोखा नगरपालिकालाई ४–० ले हराउँदै मध्यपुर थिमिले अन्तिम आठमा पुगेको हो । मध्यपुरको जितमा रोहन खड्गीले ह्याट्रिक पूरा गरे भने […]

Success

Thank you for your time.