7 years ago
April 21, 2019
एजेन्सी – कार्डिफ सिटीलाई पराजित गर्दै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लन सफल भएको छ ।

प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा लिभरपुलले कार्डिफ सिटीलाई उसकै मैदानमा २–० ले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लन सफल भएको हो ।
जितसँगै लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २ अंकले पछि पारेको छ । यद्दपि सिटीले एक खेल कम खेलेको छ । लिभरपुलको ३५ खेलबाट ८८ तथा ३४ खेलबाट ८६ अंक छ ।

कार्डिफ सिटी स्टेडियममा लिभरपुलले खेलभर नै कार्डिफलाई दवावमा राखेपनि गोल गर्नको लागि निकै संघर्ष गर्नुपरेको थियो । पटक–पटकको प्रयास लगातार विफल भइरहँदा लिभरपुलले गोलको लागि दोस्रो हाफ कुर्नुपरेको थियो । ५८औं मिनेटमा जर्जिन्हो विज्नल्डमले ट्रेन्ट एलेक्सन्डर अर्नाेल्डको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
८१औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए । मोहम्मद सलाहको प्रहारलाई रोक्न खोज्दा मोरिसनले बक्सभित्र ह्यान्ड गर्न पुगेको थियो । त्यसमा मिल्नर चुकेनन् ।
हारसँगै कार्डिफ सिटीको रेलिगेसनमा पर्ने सम्भावना बढेको छ । कार्डिफ रेलिगेसन जोनको १८औं स्थानमा छ । ब्राइटन रेलिगेसन जोनको ठीक माथि रहेको छ ।
प्रिमियर लिगकै अर्काे खेलमा आर्सनल क्रिस्टल प्यालेससँग ३–२ को गोल अन्तरले पराजित भएको छ । क्रिस्टल प्यालेसको जितमा क्रिस्टियन बेन्टेके, विलफ्रिड जाहा र जेम्स अर्थरले गोल गरे । आर्सनलका मेसुट ओजिल र पिएरे हेनरिक मिख्टारियले गोल गरेपनि टोलीको हार टार्न सकेन ।

हारपछि आर्सनलले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । आर्सनलको ३४ खेलबाट ६६ अंक रहेको छ । ६७ अंकसहित टोटेनहम तेस्रो स्थानमा छ । क्रिस्टल प्यालेस ४२ अंकसहित १२औं स्थानमा छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]