7 years ago
April 21, 2019
एजेन्सी – फ्रान्सेली फरवार्ड करीम बेन्जेमाको ह्याट्रिकमा रियल म्याड्रिडले स्पेनिस ला लिगाअन्तर्गत आइतबार एथलेटिक बिल्बाओलाई ३-० ले पराजित गरेको छ ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफको ४७ औं मिनेटमा बेन्जेमाले मार्को एसेन्सियोको क्रसमा हेडरमार्फत गोल गर्दै अग्रता दिलाए । ७६ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गरे । उनले लुका मोड्रीचको कर्नरलाई सदुपयोग गर्दै अग्रता दोब्बर पारे ।
खेलको अन्तिम मिनेटमा बेन्जेमाले ग्यारेथ बेलको पासमा गोल गर्दै ह्याट्रिक पुरा गरे । उनको यो जारि सिजन लिगमा २१ औं गोल हो । उनी सर्वाधिक गोलकर्ता सुचिमा दोस्रो स्थानमा छन् । लगातार पाँचौ खेलमा गोल गरेका बेन्जेमाले नै रियलको पछिल्लो आठ गोल गरेका हुन् ।
यस जितसँगै रियलले अंक तालिकामा ३३ खेलमा ६४ अंक जोडेको छ । समान खेलमा ६८ अंक जोडेको एटलेटिको म्याड्रिड दोस्रो र ७७ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]