default_image

10 years ago

August 31, 2015

भारतसंग मैत्रिपुर्ण खेल आज- सिनियर टिम माथी बढ्दो दबाब

227 views

0 Bookmark

हाम्रो खेलकुद संवाददाता काठमाडौं, भदौ १४ 

युवा टिमको प्रभावसाली प्रदर्शनले कसैलाई दबाब बढाएको छ भने त्यो सिनियर राष्ट्रिय टिमका खेलाडिलाई बढाएको छ । सिनियर स्तरमा निकै कमजोर अवस्थामा रहेको फुटबलमा अब यृुवा टिमको सहभागिता अपरिहार्य भएको कुरालाई युवा टिमले जर्वजस्त रुपमा स्थापित गरेपछि सिनियर फुटबलर सामु आफुलाई टिममा टिकाइ राख्नु निकै चुनौती पुर्ण छ ।

भारतसंग मैत्रिपुर्ण खेल आज- सिनियर टिम माथी बढ्दो दबाब

भारतसंग मैत्रिपुर्ण खेल आज- सिनियर टिम माथी बढ्दो दबाब

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाल र भारत दुबै टिम बिच सोमबर भारतको पुणेमा मैत्रिपुर्ण खेल हुंदैछ । प्रतियोगितात्मक खेलमा अधिकासं समय नेपालमाथी हावि भएको भारतले कुल १७  मध्ये १२  भेटमा जित निकाल्दै आफुलाई बलियो प्रमाणित गरिसकेको छ । यस्तोमा नेपालले १९९३ मा ढाकामा हराएको भारतलाई त्यसपछि २०१३ को सेप्टेम्बरमा काठमाडौंमा भएको साफ च्याम्पियनसिपका दौरान हराएको नतिजानै अहिले सम्म गर्वका लागि रहेको दुई जितका रुपमा रहेको छ । नेपालले साफ च्याम्पियनसिपका दौरान २–१ ले भारतलाई पराजित गर्दै लामो समयको भारत विरुद्धको पराजित यात्रालाई अन्तत गर्‍यो तर त्यसलाई निरन्तरता दिन भने सकेन् । नेपालका नाममा रहेका यि दुई जितनै अहिले सम्म भारत विरुद्ध भएको ठुलो उपलब्धीका रुप्मा रहेका छन् । पछिल्लो समय भारत विरुद्ध २०१८ को विश्वकप छनोटका लागि भएको दुई खेलमा नेपाल होम म्याचका दौरान बराबरी गर्न सफल भएपनि अवे म्याचमा भोगेको पराजयका कारण अगिल्लोचरण प्रवेश गर्न असफल रह्यो । विश्वकप छनोटका लागि एसियन जोनमा भएको समुहचरणमा भारत विरुद्ध गुहाटिमा गत २८ फागुनमा भएको खेलमा नेपाल २–० ले पराजित भयो भने चैत १ मा काठमाडौंमा भएको दोस्रो खेलमा नेपालले भारतलाई गोलरहित बराबरीमा रोक्यो यद्धपि उक्त बराबरीले नेपाललाई अगिल्लोचरण पुर्‍याउन सकेन् । भारत संग नेपालले पछिल्लो समय खेलेको उक्त खेलपछि यि दुई राष्ट्रविच हुन लागेको यो अर्को मैत्रिपुर्ण खेल हो ।

नेपाललाई भुकम्प अघि सम्म ज्याक स्टेफानोस्कीले समाले पनि उनले देखिने रिजल्ट नेपाली फुटबललाई दिन सकेनन् । उनले टिममा त्यस्तो जादुमयि परिर्वतन गर्नसकेनन् भने पुरानै अनुहारमा उनले बढि विश्वास गरे । जसले गर्दा पुरानै नतिजा दोहोरीयो । नेपाली फटबलमा अन्य खेलकुद क्षेत्र भन्दा बढि लगानि भएको र तुलनात्मक रुपमा धेरै एक्सपोज पाउने खेलका रुपमा रहेको छ । तर रिजल्ट नआउंदा पछिल्लो समय समग्र राष्ट्रिय फुटबल टिमप्रतिको विश्वास कमजोर छ । नेपाली टिमलाई अहिले समालिरहेका प्रशिक्षक ध्रुव केसीले टिमलाई भारत विरुद्ध जित निकाल्ने हिसावले मैदानमा उतार्ने बताएका छन् । प्रशिक्षक केसिले टिमलाई जसरि तयार गरेपनि उनको यो राष्ट्रिय टिमको मुख्य प्रशिक्षको रुपमा तत्कालका लागि अन्तिम प्रतियोगिता भएपनि उनले छोटो समयमा तयार पारेको टिमको प्रदर्शनले भने ठुलो अर्थ अवश्य राख्ने छ । उनि त्यसपछि ट्यानिकल डाइरेक्टरको रुप्मा टिममा रहने छन् ।

नयां प्रशिक्षकको नजर लगातारको असफल्ताबाट मुक्त पाउन भर्खरै मात्र नेपाली राष्ट्रिय टिमका लागि नयां प्रशिक्षकको रुपमा नियुक्त भएको प्याट्रिक ओसेम्सले सोमबार हुने नेपाल र भारत विचको खेल हेर्दै छन् । जसबाट उनले आगामी साफ च्याम्पियनसिप जित्ने टिम तयार पार्नु पर्ने छ । यस्तोमा उनले कस्ता खेलाडिलाई मौका दिइने छन् त्यो भने भविष्यले बताउने छ । यद्धपि उनको पहिलो हेराइमानै आंखामा पर्ने खालको प्रदर्शन गर्नु भने खेलाडिका लागि चुनौती हुने छ । उनिसंगै नेपाली यू–१९ टिमका चारसदसिय खेलाडिपनि आइतबार भारत प्रस्थान गरिसकेका छन् । उनिहरुको प्रदर्शन अवलोकन गरिसकेका प्याट्रिकले बांकि खेलाडिको प्रदर्शनबाट नयां टिम संरचना गर्ने छन् । यस्तोमा सबैले आफुलाई प्रमाणित गर्नु पर्ने चुनौती हुने छ ।

साफ च्याम्पियनसिपको उपाधि जिते १५ हजार डलर बोनस दिने एन्फाको निर्णय एकातिर छ भने अर्का तिर उनिमाथी मासिक ६ लाख भन्दा बढि लगानि गर्दै ठुलो विश्वास र जोखिम फुटबल संघले लिएको छ जुन विश्वासलाई कायम गर्दै आफ्नो ६ महिनाको छोटो समयलाई फलदायि बनाउनु पर्ने चुनौति उनिमाथी रहने छ । अनुबन्धन भएपछि ४ महिनामानै केहि नयां रिजल्ट दिन सक्ने अठोट ब्यक्त गरेका प्याट्रिकले नेपाली सिनियर टिमलाई साफ च्याम्पियनसिप जिताउने लक्ष्यलाई कतिको सार्थक बनाउंछन् यो भने उनका आगामी दिनमा चालिने कदमले निर्धारित गर्ने छ ।

नेपाल र भारतको हेड टु हेड
  बर्ष           प्रतियोगिता                           नतिजा                      आयोजनास्थल
१९८५     दोस्रो साफ खेलकुद                       ०–२                            बंगलादेश
१९८७     तेस्रो साफ खेलकुद                        ०–१                             भारत             
१९८९      चौथो साफ खेलकुद                       १–२                            पाकिस्तान
१९९३      छैटौ साफ खेलकुद फा             २–२ ( ४–३ टाइब्रेकर )     बंगलादेश
१९९३   पहिलो सार्क गोल्डकप फुटबल          ०–१                           पाकिस्तान
१९९५   सातौ साफ खेलकुद                          ०–३                           भारत
१९९८    १३औ एसियाली खेलकुद                  ०–१                           थाइल्यान्ड
१९९९    आठौ साफ खेलकुद                          ०–४                          नेपाल
२००५   चौथो साफ च्याम्पियनसिप             १–२                           पाकिस्तान
२००६     पहिलो एएफसी च्यालेन्ज कप        ३–०                           बंगलादेश
२००८     पाँचौ साफ च्याम्पियनसिप            ०–४                           माल्दिभ्स
२००९     छैटौं साफ च्याम्पियनसिप             ०–१                            बंगलादेश
२०१२     नेहरु कप                                        ०–०                           भारत
२०१३     साफ च्याम्पियनसिप                     २–१                           नेपाल
२०१३     मैत्रीपूर्णखेल                                    ०–२                          भारत
२०१५     विश्वकप छनोट पहिलो लेग             ०–२                          भारत
२०१५     विश्वकप छनोट दोस्रो लेग                ०–०                          नेपाल
अहिले सम्म नेपाल र भारतबीच १७ खेल नेपालको जित – ३ बराबर –२ भारतको जित – १२

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.