5 years ago
April 29, 2019
एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफ्नो टोलीको खराब प्रदर्शनलाई लिएर समर्थकसँग माफी मागेका छन् । ला लिगा अन्तर्गत आइतबार भएको खेलमा रियल अंक तालिकाको १९ औं स्थानमा रहेको रायो भालेकानोसँग १-० ले पराजित भएको थियो । अघिल्लो दिन चिर परिचित प्रतिद्वन्द्वी बार्सिलोनाले ला लिगा जितेको अवस्थामा आफ्नो टोलीले खराब प्रदर्शन गर्दा निकै नराम्रो […]
एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफ्नो टोलीको खराब प्रदर्शनलाई लिएर समर्थकसँग माफी मागेका छन् ।
ला लिगा अन्तर्गत आइतबार भएको खेलमा रियल अंक तालिकाको १९ औं स्थानमा रहेको रायो भालेकानोसँग १-० ले पराजित भएको थियो । अघिल्लो दिन चिर परिचित प्रतिद्वन्द्वी बार्सिलोनाले ला लिगा जितेको अवस्थामा आफ्नो टोलीले खराब प्रदर्शन गर्दा निकै नराम्रो लागेको उनले बताए । यस हारसँगै रियल बार्सिलोनाभन्दा १८ अंक पछाडी पुगेको छ र तेस्रो स्थानमा रहने पक्का भएको छ ।
‘आज हामीले केहि गर्न सकेनौं । पहिलो मिनेटदेखि अन्तिम मिनेटसम्म हामीले निकै खराब फुटबल खेल्यौं । कहिलेकहीं गोल नहुन सक्छ, तर आज हामीले गोलको लागि अवसर पनि सिर्जना गर्न सकेनौं,’ जिदानले निराश हुँदै भने, ‘ हामीले यस्तो प्रदर्शन गर्दा आफैमाथि रिस उठ्नु पर्छ । यो खेलाडी मात्र होइन मेरो पनि जिम्मेवारी हो । समर्थकहरुसँग हामी यस्तो प्रदर्शनका लागि माफी चाहन्छौं ।’
जिदानले आफुले चाहे यस पटक सिजनको अन्त्य अहिले नै गर्ने पनि बताए । ‘हामीले चाहे यो सिजन अहिले अन्त्य होस् भन्ने चाहन्छौं । तर लिगका अझैं तीन खेल बाँकी छ । हामीले यी तीन खेलमा आफ्नो राम्रो प्रदर्शन दिएर उचित नतिजा निकाल्नुपर्छ,’ उनले भने । रायोले सन् १९९७ यता रियललाई पहिलो पटक पराजित गरेको हो ।
April 23, 2024
सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]
April 23, 2024
हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]
April 23, 2024
एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]