default_image

5 years ago

May 2, 2019

रोनाल्डोले किने विश्वकै सबैभन्दा महँगो गाडी

एजेन्सी – युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले विश्वकै सबैभन्दा महँगो गाडी किनेका छन् । रोनाल्डोले विश्वभर एक थान मात्र बनेको बुगाटी ला भोइचर नामक गाडी ९.५ मिलियन पाउण्डमा खरिद गरेका हुन् । फ्रान्सेली कार कम्पनी बुगाटीले आफ्नो कम्पनीको १ सय १० औं वार्षिकोत्सवको अवसरमा उक्त कार निर्माण गरेको हो । उक्त कार जेनेभा मोटर सो […]

43 views

0 Bookmark

एजेन्सी – युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले विश्वकै सबैभन्दा महँगो गाडी किनेका छन् । रोनाल्डोले विश्वभर एक थान मात्र बनेको बुगाटी ला भोइचर नामक गाडी ९.५ मिलियन पाउण्डमा खरिद गरेका हुन् ।

फ्रान्सेली कार कम्पनी बुगाटीले आफ्नो कम्पनीको १ सय १० औं वार्षिकोत्सवको अवसरमा उक्त कार निर्माण गरेको हो । उक्त कार जेनेभा मोटर सो २०१९ मा पनि प्रदर्शनीका लागि राखिएको थियो । ८ लिटर टर्बोचार्ज डब्लू-१६ इन्जिन रहेको कार २ सय ६० माइल प्रतिघण्टाको गतिमा कुद्ने क्षमता राख्दछ । यसको नेपाली मूल्य १ अर्ब ३८ करोड नेपाली रुपैयाँ पर्न आउँछ ।

रोनाल्डोले सन् २०२१ मा मात्र उक्त गाडी पाउनेछन् । कारको भित्रि भागमा अन्तिम निर्माण कार्य अझै बाँकी रहेको कम्पनीले जनाएको छ । रोनाल्डोले यसअघि पनि बुगाटीकै सन् २००५ को समयमा सर्वाधिक महँगो मूल्य रहेको गाडी खरिद गरेका थिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.