default_image

5 years ago

May 4, 2019

एभर्टनको सहज जित

21 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले बर्नलीमाथि सहज जित निकालेको छ । एभर्टनले घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा बर्नलीलाई २–० को सहज जित निकालेको हो ।

खेलको १७औं मिनेटमा आत्मघाती गोलबाट अघि बढेको एभर्टनले २०औं मिनेटमा अग्रता दोब्बर पारेको थियो । १७औं मिनेटमा विन मिको आत्मघाती गोलबाट एभर्टन खेलमा अघि बढेको थियो ।

२०औं मिनेटमा सिमस कोलेम्यानले गोल गर्दै अग्रता दोब्बर बनायो । त्यसपछि थप गोल निस्कन नसक्दा एभर्टन २–० ले विजयी हुन सफल भयो ।
जितसँगै एभर्टन ३७ खेलबाट ५३ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित बर्नली ४०अंकसहित १५औं स्थानमा छ ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.