default_image

5 years ago

May 5, 2019

सलाहले बार्सिलोनाविरुद्धको खेल गुमाउन सक्ने

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहम्मद सलाहले च्याम्पियन्स लिग अन्तरगतको बार्सिलोनाविरुद्धको सेमिफाइनलको दोस्रो लेगको खेल गुमाउन सम्भावना बढेको छ । प्रिमियर लिग अन्तरगत न्युक्यासलमाथि ३–२ को कठिन जित निकालेको खेलमा सलाहले टाउकोमा चोट बोक्दै दोस्रो हाफमा मैदानबाट बाहिरिनु परेको थियो । उनले टिमका लागि दोस्रो गोल समेत गरेका थिए । खेलको ६८औं मिनेटमा हेडिङ […]

24 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहम्मद सलाहले च्याम्पियन्स लिग अन्तरगतको बार्सिलोनाविरुद्धको सेमिफाइनलको दोस्रो लेगको खेल गुमाउन सम्भावना बढेको छ ।

प्रिमियर लिग अन्तरगत न्युक्यासलमाथि ३–२ को कठिन जित निकालेको खेलमा सलाहले टाउकोमा चोट बोक्दै दोस्रो हाफमा मैदानबाट बाहिरिनु परेको थियो । उनले टिमका लागि दोस्रो गोल समेत गरेका थिए । खेलको ६८औं मिनेटमा हेडिङ गर्ने प्रयास गर्दा सलाह न्युक्यासलका गोलरक्षक मार्टिन डुब्राभ्कासँग ठोकिन पुगेका थिए । लगत्तै उनी भुइमा बजारिन पुगेको थिए ।

चोट बोकेलगत्तै रेफ्रीले खेल रोक्दै मेडिकल टोलीलाई स्टेचरसहित मैदानमा बोलाएको थिए । चोट बोकेका सलाहलाई स्ट्रेचरमा मैदानबाहिर लाग्दा उनको गहभरि आँशु थियो । मेडिकल टोलीले सलाहको अवस्था सामान्य रहेपनि च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेग र लिगको अन्तिम खेल खेल्न सक्ने नसक्ने अहिल्यै भन्न नसकिने बताएका छन् ।

बार्सिलोनाविरुद्धको दोस्रो लेगको खेल मंगलबार राति लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुदैछ । लिभरपुल पहिलो लेगमा ३–० ले पछि छ । मुख्य फरवार्ड नै चोटिलो बनेपछि लिभरपुललाई गम्भीर धक्का लागेको छ । यस्तै प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुलले मे १२ मा लिगको अन्तिम खेलमा वल्भ्ससँग खेल्दैछ ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.