7 years ago
May 6, 2019
एजेन्सी – लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा वाट्फोर्डमाथि ३–० को सहज जित निकाल्दै चेल्सीले टोटेनहम हस्टपरलाई पछि पार्दै तेस्रो स्थानमा उक्लन सफल भएको हो ।

प्रिमियर लिगमा अन्तिम राउन्डको खेल बाँकी रहँदा चेल्सीले टोटेनहमलाई एक अंकले पछि पार्दै अर्काे सिजनको लागि च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको हो । चेल्सीको ३७ खेलबाट ७१ अंक रहँदा टोटेनहम समान खेलबाट ७० अंक जोडेर चौथो स्थानमा छ ।
टोटेनहमको पनि अर्काे सिजनको च्याम्पियन्स लिगका लागि सम्भवाना यथावत छ । प्रिमियर लिगका शीर्ष चार टोलीले च्याम्पियन्स लिगमा स्थान बनाउने प्रावधान छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीलाई सहज जित दिलाउन रुवेन लफटस चिक, डेभिड लुइज र गोन्जलो हिगुआइनले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । पहिलो हाफमा चेल्सीले पाहुना टोलीलाई दवावमा रोखपनि गोलका लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।
४८औं मिनेटमा इडेन हजार्डको पासमा रुवेनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । त्यसको तीन मिनेट पछि नै डिफेन्डर डेभिड लुइजले हजार्डकै पासमा गोल गर्दै चेल्सीलाई २–० ले अघि बढाए ।
७५औं मिनेटमा गोन्जलो हिगुआइनले पेड्रो रोड्रिग्वेजको पासमा गोल गर्दै चेलसीलाई ३–० को सहज जित दिलाए ।
पराजित वाट्फोर्ड ५० अंक जोडेर १०औं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]