7 years ago
May 7, 2019
एजेन्सी – उपाधि दौडमा रहेको म्यानचेस्टर सिटीले लेस्टर सिटीमाथि कठिन जित निकालेसँगै इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड झनै रोमाञ्चक बनेको छ ।

सोमबार राति भएको खेलमा सिटीले लेस्टरमाथि १–० को कठिन जित निकालेसँगै प्रिमियर लिगको उपाधि होड झनै रोमाञ्चक बनेको हो ।
प्रिमियर लिगमा एक राउन्डको खेल बाँकी रहँदा अब उपाधिको छिनोफानो अन्तिम खेलबाटै हुने भएको छ । उपाधि होडमा सिटीसँगै लिभरपुल रहेको छ ।

सिटी ३७ खेलबाट ९५ अंक जोडेर शीर्षस्थानमा उक्लदा समान खेलबाट लिभरपुल ९४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अन्तिम खेलमा ब्राइटनलाई पराजित गरे सिटी च्याम्पियन बन्नेछ । लिभरपुललाई च्याम्पियन बन्न सिटीले अंक गुमाउनुका साथै आफुले पनि जित निकाल्नुपर्ने हुन्छ ।
प्रिमियर लिगको अन्तिम राउन्डमा सिटीले मे १२ मा ब्राइटनसँग तथा लिभरपुलले सोही दिन नै वल्भ्ससँग खेल्दैछ ।

घरेलु मैदान इतिहाद स्टेडियममा सिटीलाई महत्वपुर्ण ३ अंक दिलाउन कप्तान भिसेन्ट कोम्पनीले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्यो ।
दवावमा खेलेको लेस्टरले सिटीलाई पहिलो हाफमा गोलरहित बराबरी खेलेपनि दोस्रो हाफमा रोक्न सकेन । खेलको ७०औं मिनेटमा कोम्पनीले एमेरिक लापोर्टाेको पासमा गोल गरेका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]